Creative Writings
अल्पजानकारीका कारण आफैँ उदेकमासाङ्काव्यीक उभयचरलाई नोबेल पुरस्कार
बलराम अधिकारी
‘यस वर्षको नोबेल पुरस्कार कुन लेखकले पाए, था’छ ?’
मेरो जिके टेस्ट गरौँला झैँ गरी साथीले च्याट बाकसमा लेख्यो ।
‘खै था’भएन त ?’ मेरो अज्ञानता । ‘मुराकामी, ? थिओङओ ? अडोनिस ?’ केही अनुमान ।
‘अरु ?’
‘था’भाको यति नै । तिमी थप अब ।’
च्याट बाकसमा उसले लेख्यो— बब डिलन । अमेरिकाको ।
बब डिलन ?!
प्रतिव्रिmयामा मैले प्रश्नचिह्न राखेँ । त्यसका पछि आश्चर्यबोधक चिह्न पनि थपेँ ।
मेरो प्रश्न— को बब डिलन ? म जान्न चाहन्थँे— को होला यो अमेरिकी साहित्यकार बब डिलन ? गायक त अलि अलि था’थियो । अर्को को र’छ लेखक पनि उही नामको ?
मेरो आश्चर्य— बब डिलन साहित्यकार !
आफ्ना मनका कुरा बाक्सामा नलेखी कुरिरहेँ उसले केही थप्ला भन्ने आशामा । तर च्याटे साथी भने बाक्साबाट अलप भयो आफैँ खोज्नु, सुन्नु, पढ्नु, बुझ्नु, सोच्नु भन्ने भावमा ।
केही क्षण त उसले दिएको नाम मेरो दिमागले लिनै मानेन । एडजस्ट गर्नै समय लाग्यो । मनमनै बब डिलन दोहो¥याउन खोजेँ, तर त्यो नाम दायाँबायाँ भएर डिलन टोमस हुन्थ्यो । कतै डिलन टोमसको ठाउँमा साथीले बब डिलन त भनेन? तर कसरी डिलन टोमस हुनु नि ? एक त उनी बेलायतका, त्यसमा पनि उनी बितेकै ६ दशक कटिसक्यो । पछि समचारहरु पढ्दा–सुन्दा पक्का भएँ नोबेल पुरस्कार विजयी घोषणा भएका उनै बब डिलन रहेछन्— गितार बजाउँदै गीत गाउने, अलिअलि नाके स्वरका, बेलाबेलामा मुखमा हार्मोनिका दल्ने । पहिले पनि केही सुनेको गायक, पछि यूटूयबमा केही हेरेको । तर मैले नपढेको कवि, नपढेको गितकार । उनका बारेमा केही पढ्न थालेँ । उनका केही गीतहरु सुनेँ, हेरेँ, पढेँ । बल्ल थाहा लाग्यो म आफ्नै अल्पजानकारीका कारण पो उदेकमा परेको रहेछु ।
साहित्यको पुरस्कार बब डिलनलाई ?!
मेरो पाठकीय पूर्वानुमान र सामान्यीकरणले हावा खायो । असारको महिना थियो । ठाउँ थियो प्रज्ञा–प्रतिष्ठानको पुस्तकालय कक्ष । बोल्ने विषय परेको थियो नोबेल पुरस्कार प्राप्त साहित्यमा अनुवादको स्थिति । अभि सुवेदी, गोविन्दराज भट्टराई र विश्वसाहित्यका अन्य जानकारहरुको उपस्थितिमा मैले लेखी–पढेको थिएँ— नोबेल पुरस्कार अब अङ्ग्रेजीभाषी लेखकहरुको प्रभुत्वबाट बाहिर आउँदैछ । आउने दिनमा मानव अधिकारसँग जोडिएका र राजनीतिक अभिप्रायका लेखनले बढीभन्दा बढी स्थान पाउने छ । दृष्टान्त दिएको थिएँ चिनीयाँभाषी मो यानको, फ्रेन्चभाषी प्याट्रिक मोदिआनोको र विशेष गरि रुसीभाषी स्वेत्लाना एलेक्सिभिचको । थपेको थिएँ— उदार राजनीतिक विचार, जातीय र क्षेत्रगत कलेवरलाई विश्वजगत्मा चिनाउने लेखकहरु पुरस्कारका प्रत्यासी हुनेछन् । तर मेरो यो पूर्वानुमान तीन महिना नपुग्दै वेतुकको अनुमान बन्यो । माथिको मेरो आइ क्यू जाँच्ने च्याटे साथी पनि त्यस कार्यव्रmममा थियो ।
साहित्य र संगीतको दोसाँधको मान्छेको कन्स्पेरेसी सिद्धान्त
कीर्तिपुरको गफगाफे भेटघाटमा एकजनाले भने— अहिलेको त्यो नोबेल पुरस्कार पाउने त निकै ख्याति क’माको गायक पो रहेछ । मलाई भने डिलनको नाम दिमाखमा मिलाउन अझै गा¥हो परिरहेको थियो । त्यसैले तत्काल आफ्नै कन्स्पेरेसी सिद्धान्त बनाउनतिर लागेँ — यो त अमेरिकी साँस्कृतिक साम्राज्यवादी प्रोजेक्ट हो । पहिले एमएमा अङ्ग्रेजी पढ्दा परीक्षाका लागि याद गरेको वाक्य याद गरेर एकै सासमा भनेँ । आलोचनाका यस्ता गह्रौ शब्द सुनेर डिलनको प्रसंशक ठामको ठाम चुम् । मैले अर्को उपदफा थपेँ— अमेरिकी पप कल्चरको महिमागान हो यो । कहाँको साहित्य, कहाँको गीत–संगीत । उनले होमा हो थपे ।
अर्को दिन, अर्कै समूह, अर्कै स्थान तर कुरो उही डिलनको नोबेल पुरस्कार ।
आफूलाई निकै गम्भीर लेखक भएको भान पाल्ने एकजनाले गम्भीर पारामा भने— अब गम्भीर साहित्य–साधनाका दिन गए । नेपालमा त यस्तो भइरा’कै हो । हुँदाहुँदा स्वीडिस एकेडेमीले पनि साहित्य चिन्न छाड्यो । मैले अघिल्लो दिनको कन्स्पेरेसी सिद्धान्त भुसुक्कै बिर्सिएछु । फ्याट्टै डिलनको पक्षमा बोलेँ— एकदम जायज छ यो पुरस्कारको घोषणा । मेरो थपाई— गीतसंगीत साहित्यको सबैभन्दा सुगम रुप हो । सुगम साहित्यले संस्थागत सम्मान पायो । राम्रो भयो ।
म दोधार उभिएँ । ढुलमुले भएँ । धन्न दोस्रो दिनको छलफलमा पहिलो दिनका कोही पनि थिएनन् । तर नी, म जस्ता संगीत र साहित्यको दोसाँधेहरुका लागि यस्तो दोधार र ढुलमुल स्वाभाविक हो । यस्तालाई ढुलमुलेपन सुहाउँछ पनि । म साहित्यमा संगीत खोज्छु र संगीतमा साहित्य । शास्त्रीय संगीतमा दुई वर्ष भायोलिन गरेँ । मेसो नपाएपछि छाडेँ । तर सुन्न छाडेको छैन । म संगीतमा काव्यिकता खोज्छु, सुन्छु र साहित्यमा संगीत पढ्छु । वीथोभनको पियानोमा, यो यो माको चेलोमा, बब डिलनको गितारमा पनि म साहित्य खोज्छु, सुन्छु, भेटेको छु । अर्कातिर संगीत र लय सुन्छु म हर्मन हेस्सेको आख्यानमा, खलिल जिब्रानको काव्यमा, अम्रृता प्रीतमको गद्यमा । त्यसैले पनि डिलनप्रति मैले मिस्रित उत्तेजना देखाएको हुँला ।
ग्लोबल आश्चर्य ?!
यस पुरस्कार घोषणाले सामान्य पाठकदेखि विश्वसाहित्यका जानकार, लेखक, समालोचकसम्मलाई आश्चर्यमा पारिदिएको छ । यिनीहरु विभक्त छन् । एकथरि डिलनको महिमागानमा त अर्काथरि संगीतकारलाई साहित्यको पुरस्कार दिइएको चित्त दुखाइमा । डिलनको गीत र संगीतमा उच्च काव्यिक सौन्दर्य देख्नेहरुले यो निर्णय साह्रै उत्तम भएको ठहराएका छन् । यस्तामा स्टेफेन किङ, जोएस क्यारोल ओटस, सल्मान रुस्दी जस्ता आख्यानकारहरु छन् जसले डिलनको काव्यिक चेनताको प्रसंशा गरेका छन् । रुस्दीले त यिनलाई काव्यिक परम्पराको वारिस नै भनेका छन् ।
स्वीडिस एकेडेमीले यस्तो निर्णय नगरेको भए हुन्थ्यो भन्ने पनि देखिए । कतिले यसलाई बहकिएको निर्णय भने । यिनीहरुको प्रश्न—जतिसुकै राम्रो किन नहोस्, गीत लेखन कसरी साहित्यको तहमा पुग्न सक्छ ? यिनीहरुको आश्चर्य— अब गितकार डिलनलाई पनि इलियट, मार्केज, मोरीसन कै साहित्यीक उचाइमा राख्नु पर्ने भो ! यिनीहरुको कुटिल व्यङ्ग्य— लौ त्यसो भए लेखकले पनि कुनै दिन संगीतको उच्च पुरस्कार ग्य्रामी पाउने भए ।
यसरी चित्त दुखाउनेमा, प्रश्न गर्नेमा, आश्चर्य हुनेमा, व्यङ्ग्य गर्नेमा राबिद् अलामेड्डाइन, जोडि पिको छन् । अन्य पनि धेरै छन् । होलान् । थपिँदै जालान् । विशुद्ध साहित्यको (?) पुरस्कार अर्को विधालाई दिएर एकेडेमीले झ्याली ग¥यो भन्ने गुनासो त्यति नाजायज भने होइन । कविलाई नै पुरस्कृत गर्नु थियो त अरवभाषी अडोनिस थिए नि त । सन् १९८८ देखि निरन्तर प्रत्यासीका रुपमा रहेका यी सिरियाली कविको काव्यीक योगदानको कदर अब पनि नगरे कहिले गर्ने ? गद्यतिर फर्केको भए उता केन्यामा वा थिओङओ थिए, जापानमा हारुकि मुराकामी । यि गुनासाहरुका आसय यस्तो पाउँछु म — पोहोर पनि तिमे’रुले यस्तै ग¥यौ । साहित्यको पुरस्कार पत्रकारलाई दियौ । लेखनको कलात्मक उचाइ हेर्नुको सट्टा साहित्यक रस नभएको राजनैतिक मुद्दातिर बहकियौ । अहिले फेरि गीतसंगीतको रसवरीमा बहकियौ । यी दुबै साहित्यका अलि परका आफन्त हुन् । ठ्याक्कै साहित्य भने होइनन् ।
स्वीडिस एकेडेमी बहकिएकै हो त ?
एकेडेमीले सन् १९०१ देखि साहित्यका लागि पुरस्कार प्रदान गर्न थालेको हो । लेखकहरुको छनौटमा एक शताब्दी भन्दा लामो अनुभव भएको संस्था हो यो । पहिलो पुरस्कार फ्रान्सेली भाषाका कवि सुल्ली प्रुइडमले पाएका थिए । बब डिलन साहित्य नोबेल पुरस्कार पाउने १०९ नौँ व्यक्ति हुन् । तर नोबेल पुस्कारबाट विभूषीत हुने यिनी पहिलो संगीतकार हुन् । एकेडेमीले पुरस्कार घोषणा कथनमा भनेको छ– अमेरिकी गीति परम्परामा नव काव्यिक अभिव्यक्तिको सृजना गरेकाले ७५ वर्षीय डिलनलाई यो सम्मान प्रदान गरिएको छ ।
एकेडेमीको यो निर्णायात्मक उद्गारलाई कतिले वाइयात भने त कतिले प्रसंशनीय माने । एकेडेमीकी स्थाई सचिव सारा ड्यानिअसले अङ्ग्रेजी परम्पराका महान् कविका रुपमा डिलनको महिमा गाएकी छन् । डिलन लेखक–कवि भन्दा पनि बाचक–कवि हुन् । यिनी कविता गाउँछन् होमरले झैँ । त्यसैले यी हाम्रो समयका होमर हुन् । साप्पो पनि यिनै । सचिवले गाएको यो महिमाले यि विश्व लोकगायकलाई विश्व लोककविको अवतारमा प्रस्तुत गरिदिएको छ ।
साहित्य गर्ने, साहित्य पढ्ने तर गित कम सुन्नेहरुकालागि यस्तो महिमागान त्यति सहज भएन । कारण, एकेडेमीले कवितालाई गीति लेखन र गायनको परम्परामा राखेर हेरेको छ, न कि काव्यीक परम्परामा संगितलाई रखेर । प्रस्टै भनेको छ– गीति परम्परामा नव काव्यीक अभिव्यक्तिको सृजना । यदि एकेडेमीले काव्यीक परम्परामा नव साङ्गीतिक र भावपूर्ण अभिव्यक्तिको सृजनाका लागि सम्मान गरिएको भनेको भए साहित्य पढ्ने–गर्ने–सोच्नेहरुले यसलाई सहज रुपमा लिन्थे होलान् । यहाँनेर सन् १९१३ का नोबेल पुरस्कार विजयी रविन्द्रनाथ ठाकुरलाई जोडि हेरौँ । ठाकुरकोमा पनि डिलनकोमा जस्तै गीत र कविताको दोसाँध छुट्ँिदैन । ठाकुरले आफ्ना कवितालाई गीतिरसले सिंचित गरे । तर यिनको खेलमैदान भने कविता नै थियो । यता डिलनकोमा भने गीतमा कविता चेतनाको प्रशंसा भएको छ । यिनको खेल मैदान कविता भन्दा पनि गीतसंगीत नै हो । कापी कलम लिएर साहित्यकार खेल्ने मैदानमा गितार लिएर संगितकार प्रवेश गरे भन्ने एक प्रकारको असन्तुष्टी पनि हो यो ।
साङ्काव्यीक उभयचर ः बब डिलन संगीत र कविता दुबैमा सहजै आइजाइ गर्छन् । यी सर्जक साङ्काव्यीक उभयचर हुन् । आजका कविता विचारले थिचिँदै गएको छ । सामान्यतः नोबेल पुरस्कारका विश्व कविहरु भन्ने वित्तिकै टि.एस इलियट, ओक्टाभिओ पासजस्ता दुर्बोध, जटिल कविहरुको सम्झना हुन्छ । कविता विचारको, प्रतिकको, प्रयोगधर्मी भाषाको चेपमा निस्सासिँदो छ । कविताको मर्ममा पुग्न पाठक कहिले समालोचकसँग साहरा माग्छ, कहिले आफैँ काव्य सिद्धान्त पढ्छ त कहिले विकिपेडिया हेर्छ । कविता र पाठकविच सौन्दर्यानुभूतिको संवाद घट्दो छ । कविता ह्दयको अनुभूतिमा भन्दा पनि मस्तिष्कको विश्लेषणमा फस्दोे छ । कविताबाट काव्यिकता टाढिँदो छ । अर्कातिर गित संगीतको भल्गराइजेशनको पारो निकै माथि चढ्दो छ । एम् टिभी संस्कृतिले संगीतलाई चेतना र संवेदानविहिन सस्तो र सुगम मनोरन्जनका रुपमा प्रस्तुत गर्दो छ । अरुहरुले यसको सिको गर्दो छन् । गीतले विस्तारै चेतनाको लय गुमाउँदैछ । शब्दले र स्वरले संगीतको पुच्छर समाए पछि जस्तो गाए पनि गित हुन थालेको छ । गितहरु देहउन्मूख हुँदै गएका छन् । आजका अधिकांश हिट गितहरु न त टाउको भित्र छिर्छन् (चेतना शुन्य?), न त ह्दयमा नै बस्छन् (भावनाशुन्य?) । अधिकांश ति सिमित छन्– पेटको, पेटमाथिको भागको, पेटतलको भागको अप एन्ड डाउन्, अप एन्ड डाउन्मा , शेक इट बेबि शेक इटमा । शब्द र प्रस्तुतिमा कति यौन घुसेको छ भन्ने महत्वपूर्ण बन्दोे छ । यी दुई अतिवादीका बिचबाट हिंडेका छन् डिलन । ब्लोइङ इन द विन्ड, लाइक अ रोलिङ् स्टोन, द टाइम्ज दे आर अ–चेन्जिङ, मिस्टर ट्याम्बोरिन म्यान जस्ता गीतहरु चेतनाका लयले चलेका छन् । यि विद्रोहि र युद्धविरोधि काव्यीक गित हुन् । यी गितहरु सुन्दा–पढ्दा डिलनले बारम्बार भनिरहे झैँ लाग्छ— कवितालाई लयले जीवन देऊ, गीतलाई चेतनाले बचाऊ । यो संयोजनले मात्र सर्जकलाई बचाउँछ । यहि सम्योजन नै साहित्य हो ।
डिलन संगीत जगतको एक सार्वभौम प्रतिक हुन् । यस्ता संगितकार साहित्यको उच्च पुरस्कारबाट सम्मानित हुनुले गरेको अर्को संकेत हो– विधा मिलन । एकेडेमीको यस कार्यलाई उत्तरआधुनिक कदम भन्दा पनि हुन्छ । तर उत्तरआधुनिकताको सैद्धान्तिक चस्माले यसलाई विधा भन्जन भन्ला । तर म भने विधा मिलन भनुँला । डिलनको गितार र हार्मोनिकामा कविता र गित एकाकार भई गुन्जन्छन् । यस वर्षको नोबेल पुरस्कारले गित र कविता केबल सैद्धात्तिक कैँचीले मात्र छुट्टिएका हुन्, यिनको पुनःमिर्लन हुनुपर्छ भन्ने संदेश दिएको छ । कवितालाई उच्च र गितलाई निम्न दर्जाको कला भन्ने–मान्नेहरुले एकपटक डिलनलाई सुनुन् । दुइचार पटक पढुन् । अनि सोचुन— यस्तो विभाजन स्वाभाविक हो या कृत्रिम ? यो मिलनले साहित्यको परिभाषा विस्तार हुँदै गएको संकेत गरेको छ । नोबेल पुरस्कार विजेता कविहरुका स्थापित विम्बको पनि विनिर्माण भएको छ ।
दिने र पाउने दुबै आश्चर्यमा ! अक्टोबर १३ मा सारा डेनिअसले २०१६ को साहित्यतर्फको नोबेल पुरस्कार बब डिलनलाई प्रदान गरिएको घोषणा गरिन् । घोषणा पछि पुरस्कृति व्यक्तिलाई तत्कालै सम्पर्क गरेर औपचारिक जानकारी दिने प्रयास भयो । तर डिलन उपलब्ध भएनन् । उक्त घोषणा विश्व समाचार बन्दा पनि डिलन मौन रहे । एकेडेमीले उनको वेभसाईटमा छोटो जानकारी टाँसीदियो — साहित्यतर्फको नोबेल पुरस्कार विजयी । कुनै प्रतिकृया आएन । उक्त जानकारी पनि तत्कालै उनको वेभसाइटको भित्ताबाट हटाएको देख्दा एकेडेमीका सदस्यहरु आश्चर्यमा परे । निराश भए । कतिले निर्णायक समितिलाई खुच्चिम भने— अयोग्यलाई पुरस्कृत गरे पछि यस्तै हुन्छ । यस्तो वेवास्ता देखेर एकेडेमीका सदस्य पार वास्टबर्गले त उनलाई अभद्र र अहंकारीसम्म भने । दिनेले त योग्य ठह¥याएर नै पुरस्कार दिएको हो तर यिनले यस सम्मानलाई सहश्र स्विकारेनन् । दिनेको हात माथि हुन्छ लिनेको तल । तर यि डिलन भने लिनेको हात माथि हुनुपर्छ । दिने भन्दा लिने ठूलो हो भन्ने संकेत पो गर्न लागे जस्तो देखाए । पुरस्कार दिनेलाई आश्चर्य र अलमनमा पारेर दुइहप्ता पछि यिनले बल्ल मौतना तोडे । यिनले भने– आश्चर्यजनक ! पत्याउनै गाहे ! यस सम्मानको खबरले अवाक् भएकाले उनले तत्काल कुनै प्रतिकृया नदिएका रे । डिलन सार्वजनिक रुपमा कुनै प्रतिकृया जनाउनै नसक्ने गरि उदेकमा परेका रहेछन् !
आखिर डिलनले आफ्नो डिलनपना देखाए रै छाडे । सुगम संगीत लिएर यायाबर झै डुल्छन् तर एकाकीपन रोज्छन् । अधिकांश समय स्रोताबिच बिताउँछन् तर सकेसम्म अन्तरवार्ता र अन्तरकृयाबाट टाडिन्छन् । हुन त यिनने आफ्नो यो डिलनपना संगित यात्राको आरम्भदेखि नै देखाउन थालेका हुन् । भरखरै बिस कटेको किशोरले ब्लोइङ इन द विन्ड, द टाइम्ज दे आ–चेन्जिन जस्ता गित लेख्यो, गायो । अमेरिकी संगीतमा आश्चर्यको तरङ्ग ल्यायो । पछि यी गितहरु नागरिक अधिकार आन्दोलन र युद्ध विरोधि आन्दोलनमा होमिएका अमेरिकीहरुको सामुहिक स्वर बने । यिनको सृजनात्मक उर्वरता पनि त्यत्तिकै नै उदेक लाग्दो छ — १५० जति रेकर्डिङ, ५०० भन्दा बढि गीत, आधा दर्जन कविता र गितका पुस्तक । नोबेल पुरस्कार पाउने यी पहिलो संगितकारले साहित्यका पाठक र संगितका श्रोता दुबैलाई आश्चर्यमा पारेका छन् । संगितकार हुन् कविता लेख्छन्, कवि हुन् गित गाउँछन् । अझ अर्को पाटो, पेन्टर पनि हुन् । यिनको कलाको बहुल अनुहार आम आश्चर्यको विषय हो ।
यिनको मौनता झन् ठूलो आश्चर्य ।
They could include bonus money, free spins, or a mixture of the 2. There’s lots maintain in mind|to remember|to bear in mind} when selecting on-line casinos within the USA. To make sure we’re helping you discover the best expertise possible, these are the criteria at which we look most intently. To study more about our course of, visit our how we price websites 카지노사이트 page, and you can also also|you can even} find our full on-line on line casino index on our on line casino reviews page.
ReplyDelete