Interviews


समस्या बराबर हुने या नहुनेको होइन, चुरो कुरो त विविधतालाई स्वीकार्नु हो


बलराम अधिकारी महेन्द्ररत्न क्याम्पस, ताहाचलमा अध्यापन गर्दछन् । मूलतः उनी अनुवादक र सम्पादक हुन् । उनले गोविन्दराज भट्टराईको उपन्यास सुकरातका पाइला, निरज भट्टराईको कविता सङ्ग्रह धुवाको धागो, शारदा सुब्वाको नाटक यशोधरा, रक्ष राईको किलिङ जोनमा कवि जस्ता कृतिहरू अङ्ग्रेजीमा अनुवाद गरेका छन् । उनको मौलिक लेखन अनुवाद सिद्धान्त र प्रयोग पनि प्रकाशित छ । उनका अनुवादहरू नेपाल प्रज्ञा–प्रतिष्ठान, सार्क कल्चर सेन्टर कोलोम्बो, विश्व स्वास्थ्य संगठन र अथर हाउस युकेबाट प्रकाशित छन् । हालै उनको चेतनाकेन्द्री सृजना इरेजर बजारमा आएको छ । यसै पुस्तकमा  आधारित भई एसिया प्यसिफिक डेल्लिका सहसम्पादक हरि पौडेलसँग भएको कुराकानी यहाँ प्रस्तुत छ ।


१) तपाईंले इरेजरमा हिंसा सदैव निषेध हुनुपर्छ भन्नु भएको छ । हिंसालाई निरपेक्ष ढंगले हेर्न मिल्छ ?


हिंसाको सामान्य अर्थ हुन्छ, आफ्ना इच्छा, आकांक्षा पूरा गर्न अरूलाई पीडा दिनू । हिंसाका तह र प्रकार हुन सक्छन् । हामीहरू आफ्ना विचारले, वचनले, कर्मले अरूलाई पीडा दिने गर्दछौँ । अरूले पनि हामीलाई यस्तै पीडा दिएका हुन्छन् । म देख्छु हामीहरू हिंसाको आदान–प्रदानमा छौँ । अरूले दिएको पीडा सम्झछौँ, बोकी हिँड्छौँ दिनमा, बाटाहरूमा, घोत्लिरहन्छौं एकान्तमा, अनि साथै लिएर सुत्छौँ त्यस पीडालाई । हामी आफूले दिएको पीडाले पनि अर्काको दिन कति घुरमैलो, कति निरस, अनि तिनका रात कति दुस्वप्नले भरिएला भन्ने कहिल्यै सोच्दैनौं । कतिपयहरू अरूलाई पीडा दिँदा सन्तुष्टि मिल्छ झैँ मान्छन् । तर गहिरिएर हेर्दा हरेक पीडक पनि उत्तिकै पीडित हुन्छ । हामी हाँसीहाँसी, खुसी मनले अरूलाई घात गर्ने कुरा सोच्न सक्दैनौँ । हाँसीहाँसी अरूलाई सरापेको, उज्यालो अनुहारले अरूलाई होच्याएको मैले अहिलेसम्म देखेको छैन ।  व्रmोधरहित शान्त भावका साथ गोली चलाउने कुनै बन्दुकधारी छ जस्तो लाग्दैन । भनाइको तात्पर्य, मनले होस्, विचारले होस् या कर्मले होस् अरूलाइ पीडा दिने व्यक्तिको मानसिक अवस्था असन्तुलित नै हुन्छ । अरूको जीवन असन्तुलित बनाउनेले सन्तुलित जीवन बाँच्न सक्दैन ।  अतः पीडा दिने पनि पीडा नै बोकेर बाँच्दछ । अब तपाईं नै भन्नुस्, हिंसालाई किन स्वीकार्ने ? हिंसा मृत्यु हो । मृत्यु न सापेक्ष हुन्छ न निरपेक्ष । मृत्यु केवल मृत्यु हो ।


२) यो त भयो व्यक्तिगत तहमा हुने हिंसा । तपाईंले संगठित रूपमा गरिने हिंसाको चर्चा पनि त्यत्तिकै गर्नुभएको छ । के भिन्नता छ यी दुईमा ?


हरिजी, इरेजरले उठाएको मूल विषय त संगठन या सामूहिक हिंसाको हो । एकल व्यक्तिले गर्ने हिंसा र समूहमा या संगठनमा गरिने हिंसा फरक हुँदोरहेछ । एकल व्यक्तिले गरे त्यो अपराध हुँदोरहेछ । मैले कुनै व्यक्तिलाई गाली गलौज गरेँ, हातपात गरेँ या उसको ज्यानै लिएँ भने म अपराधी हुन्छु । मलाई मुद्धा लाग्छ, मलाई सजाय हुन्छ । तर हिंसा पनि गर्ने र यस्तो अपराध सजायबाट छुटकारा पाउने अर्को उपाय छ । त्यो हो, समूहमा जाने । समूहमा गरिने हिंसालाई अपराध भनिँदो रहेनछ, त्यस्तो हिंसा गर्नेलाई मुद्धा लाग्दो रहेनछ, सजाय पनि हुँदोरहेनछ । दश वर्षको जनयुद्धमा मैले यही सुनेँ, देखेँ, भोगेँ नजिकबाट–टाढाबाट । हालैको टीकापुर नरसंहारले पनि यही देखायो । राज्यले गर्ने संस्थागत हिंसालाई कारवाही, जनसुरक्षा, आत्मरक्षा भनिदिए भयो । कुनै समूहले गर्ने हिंसालाई अधिकारको लडाईं, आन्दोलन या क्रान्ति भन्ने नाम दिए भयो । म न त राज्यले दिनुपर्ने जनसुरक्षाको विरोधी हुँ न त कुनै समूहको आन्दोलनको । तर इरेजरमा मैले भन्न खोजेको चाहिँ दुवै पक्षले हिंसाको मार्गलाई किन त्यति सहजै रोज्छन् भन्नेमा हो । दुवैसँग प्रेम, सद्भाव र करुणाको मार्ग पनि त छ तर उनीहरू यो मार्ग रोज्दैनन् । उनीहरू हिंसाको मार्ग, पीडक–मार्गतर्फ आकर्षित हुन्छन् । कारण प्रेमको मार्ग लामो छ, हिंसाको छोटो । यिनीहरू द्रूतमार्गमा कुद्न, कुदाउन चाहन्छन् । यिनीहरूलाई हतार छ । हतारमा प्रेम गरिँदैन ।  प्रेम हुँदैन । प्रेम गर्नेमा धैर्य चाहिन्छ, यिनीहरू संवादका लागि तयार पनि छैनन् । प्रेमका लागि सहअस्तित्व र अन्तरअस्तित्वको बोध हुनुपर्दछ तर यिनीहरू जो सामथ्र्यवान छ उही नै रहन्छ भन्नेमा छन् । यिनीहरू आफ्नो शक्ति र सामथ्र्यले अर्काको जीवन इरेज गर्नमा या मेट्नमा उदत्त छन् ।


३) इमान्युअल लेभिनासले भने झैँ अरूको अस्तित्व स्वीकार गरेमा मात्र शान्तिपूर्ण समाज बनाउन सकिन्छ । इरेजरमा भनिएको छ सहअस्तित्वले मात्र पुग्दैन । अन्तरअस्तित्वको बोध हुनुपर्छ । के हो यो अन्तरअस्तित्व ? के कति भिन्नता छ यी दुईमा ? 


तपाईंले आफ्नो शोधपत्र इथिकल रेस्पोन्सिसविलिटी टुवार्डस अदर्ससमा इमान्युअल लेभिनासको नैतिक दर्शनलाई जोड्नु भएको छ । लेभिनास भन्छन्, अन्यप्रतिको उत्तरदायित्व बोध भएमा मात्र शान्ति सम्भव छ । उनी मलाई प्रजातान्त्रिक लाग्छन्, आध्यामिक पनि । उनी सहअस्तित्वको वात गर्छन् । म उनीसँग सहमत छु तर म सहअस्तित्वभन्दा पनि माथि उठ्नु पर्ने बेला आएको देख्छु । भन्छु । इरेजरमा यही कुरा लेख्छु । अस्तित्वको तीन तह देख्छु ः प्रतिस्पर्धात्मक अस्तित्व, सहअस्तित्व र अन्तरअस्तित्व । प्रतिस्पर्धात्मक अस्तित्वले भन्छ— आफू अगाडि  जान अरूलाई पछि पार्नै पर्छ । यो डार्विनको अस्तित्ववादी चिन्तन हो । यस्तो चिन्तनबाट बाँच्ने व्यक्तिको मनमा भयले वास गर्छ । ऊ सदा आफ्ना लागि चिन्तित हुन्छ । यो भय, त्रास, द्वेषको जीवन हो । अस्तित्वादी भन्छ— तँ सधैं प्रतिस्पर्धाको दौडमा छस् । तँ आफू उभिन अरूलाई पछार्न, उछिन्न सदा तयार राख् । अरूलाई मेट्नुछ तैले आफू रहनका लागि ।

 योभन्दा उपल्लो चरण छ सहअस्तित्वको । सहअस्तित्वले अन्यको अस्तित्वलाई स्वीकार्छ । सँगसगै बाँचौँ भन्ने अवधारणा हो यो । सहअस्तित्व मूलत ः बीसौं शताब्दीको प्रजातान्त्रिक मान्यता हो । सहअस्तित्वको अर्थ आआफ्नो बराबर अस्तित्व भन्ने हुन्छ । यसले भन्छ– हामी अलग–अलग हौं । एक अर्कालाई घच्च नदिइकन आआफ्नो जीवन बाचौं । अरूहरू पनि तँ जस्तै हुन् । सँगसँगै अगाडि बढ् । एउटा अगाडि जानु भनेको अर्को पछाडि पर्नु होइन् । हामी आ–आफ्ना जीवन, गोरेटा हिँड्ने पथिकहरू हौँ । सबैले आ–आफ्ना जीवन भोगुन् । प्रेम, सद्भाव दिऊन्, लिऊन् । अर्काप्रतिको उत्तरदायित्वको बोध गरुन् । एकले अर्काको अस्तित्वलाई स्वीकारून् र कसैले कसैको जीवन, विचार मेट्ने कर्म नगरून् ।

तर इरेजरको पात्र भन्छ हामी सहअस्तित्वभन्दा पनि माथि उठ्नुपर्छ । यो माथिल्लो चरण हो अन्तरअस्तित्वको । यसलाई अंग्रेजीमा ष्लतभच(दभष्लन  या ष्लतभच(भहष्कतभलअभ भन्ने गरेका छन् । मैले अन्तरभविता या अन्तरअस्तित्वको यो अवधारणा बुद्ध दर्शनमा भेटेँ । अन्तरअस्तित्वले भन्छ— बाहिर देख्दा हामी भिन्न–भिन्न देखिन्छौं । तर भित्रि तहमा हामी सबै एकअर्काका अभिन्न अंश हौं । कुनै पनि व्यक्ति पूर्णतः एकल र भिन्न छैन । ऊ आफूजस्तै अनेकौं व्यक्तिहरूमा जोडिएको छ । अनेकांै व्यक्तिहरू उसमा जोडिएका छन् । मान्छे मात्र होइन सम्पूर्ण ब्रह्माण्ड, शौर्यमण्डल, हाम्रो पर्यावरण र प्राणीजगत् नै एकअर्कोमा निर्भर छ । नेपाली उखान छ नि— माटोको भर ढुङ्गा, ढुङ्गाको भर माटो । एउटाबाट अर्कोलाई अलग्याउन सकिँदैन ।

अन्तरअस्तित्वले  भन्छ— एउटाको जीवन अर्काको जीवनमा निर्भर छ । यो परनिर्भर होइन अन्तरनिर्भर हो । अर्थात् हाम्रा चेतना, वचन र कर्म सबै एकअर्कासँग सुक्ष्मरूपले जोडिएका छन् । एउटाको उपस्थितिले मात्र अर्काको उपस्थिति सम्भव भएको हो । शिक्षक भएकाले विद्यार्थी भएको हो, विद्यार्थी भएकाले शिक्षक, जनता भएकाले नेता भएको हो । एउटालाई मेट्दा अर्को पनि मेटिन्छ । हाम्रोमा यही भयो । शासकले जनता मेट्न खोजे, जनता मेट्दा मेट्दै उनीहरू आफैँ मेटिए । अन्तरअस्तित्वले भन्छ— अरूलाई मेट्नु भनेको कालान्तरमा आफैँ मटिनु हो । कारण अरू मेटिँदा मेट्ने पनि विस्तारो मेटिँदै जान्छ । अन्तरअस्तित्वको बोध भएमा हिंसा कम हुन्छ । हरेक पीडकले बुझ्नुपर्छ अरूलाई पीडा दिँदा ऊ आफैँ पनि पीडित हुन्छ मानसिक रूपले । शारीरिक रूपले ।


४)  इरेजरको मूल पात्र अर्थात् न्यारेटर एक किसिमको विषमता या सामाजिक उचनीच बीच भएको व्रmान्तिको परिवेशमा हुर्किएको छ । परिवर्तनका मसिहाहरू खास कुन कुरामा चुके जस्तो लाग्छ ?


इरेजरको मूलपात्र अभावको बस्तीबाट उठेको हो । ऊ सदा अभावबाट छुटकारा पाउने उपायको खोजीमा थियोे । हुर्कँदै जाँदा उसले ‘राता किताब’हरूमा क्रान्तिका कथा पढ्यो । कथा थियो उता उत्तरतिरको चिनको, पर रसियाको । अनि उसलाई लाग्यो ‘लालमार्ग’ अभावको मुक्तिको मार्ग हो । उसले लालमार्गीहरूको कथा पढ्यो, भाषण सुन्यो, सामीप्यमा गयो, हिँड्यो, भोग्यो । तर ऊ उदेकमा प¥यो जब तिनका वचन र कर्ममा, वचन र व्यवहारमा ठूलो भास देख्यो । कतिपयलाई उसले देख्यो, कतिलाई भेट्यो, कतिका बारेमा पढ्यो ती जसले आफूलाई गरिवका मसिहा बनाए, अरूलाई भन्न लगाए । उसले देख्यो यी मसिहा बन्न खोज्नेहरू चेतनाको भ¥याङ चढ्न सकेनन् । इरेजरले मात्र भन्छ— यिनीहरूका संघ या समूहमा धर्म थिएन । धर्म या पाली शब्द धम्म भनेको धारण, स्वीकार, अंगीकार हो । धर्म भनेको कुनै ईश्वरसँग जोडिएको गुट या उपगुट होइन । क्रान्तिका महिसाहरूले आफूजस्तै अरूलाई स्वीकार्न सकेनन् । अरूलाई अस्वीकार गर्दा यीनिहरू आफैं अस्विकृत भए । स्वीकार्नका निम्ति प्रेम चाहिन्छ, तर क्रान्ति गर्नेहरूले प्रेमलाई भन्दा हिंसालाई आधार बनाए । वैचारिक हिंसा, वचनमा हिंसा र कर्ममा हिंसा बोकी परिवर्तन गर्छु भन्नेहरू लामो समय टिक्दैनन् । यस्ता परिवर्तनका उपलब्धि पनि लामो समय टिक्दैन । जब हरेक क्रान्ति या परिवर्तनको लक्ष्य शान्तिपूर्ण समाज हो भने शान्तिका मार्ग हुँदै लक्ष्यमा किन नपुग्ने ? समस्या के भयो भने— हामीले शान्त र सुन्दर समाज बनाउने भन्दै हिंसा र ध्वसंको बाटो रोज्यौं । यो क्रम जारी छ । हामीले ताकेको लक्ष्य सुन्दर छ तर माध्यम कुरुप । इरेजरको पात्र यसैका कारण हरेक क्रान्ति असफल भए भन्छ ।


५) विदेशी पुस्तक, विचार र डिजाइनहरूको हामी अनुयायी हुनुहुन्न भन्ने हो या त्यससलाई आफ्नो परिवेश अनुरूप ढाल्नु पर्दछ भन्ने हो?


इरेजरको पात्रले उठानमा नै भन्छ— भिन्न पर्यावरणबाट विचारका केही बिउ ल्याइए र नेपाली मस्तिष्कको भूमिमा ती रोपिए । तर त्यसबाट उम्रिएको वैचारिक बिरुवा त्यति फस्टाउन सकेन । त्यस बिरुवामा राम्रो फल पनि लागेन । अहिले त ती विचारका खेती गर्छु भन्नेहरू आफ्नो मूल जग्गा छाडेर काठमाडौंमा सिद्धान्तका व्यापार गर्छन् । विदेशी भूमिका विचार र सिद्धान्त हाम्रोमा नभित्र्याउनु भनेको होइन । तर विचारका बिउ आफ्नो भूमिमा रोप्नुपूर्व त्यो विचार कस्तो हो, त्यो कस्तो भूमिमा हुर्किन्छ, त्यसमा कस्तो फल लाग्छ यी सबै कुरामा विचार पु¥याउनुपर्छ । तर हाम्रोमा त कसैले कुनै किताबमा केही पढ्छ, लौ यो नै सर्वोत्तम विचार र’छ भन्ने सोच्छ र आफ्नोमा लगाइहाल्छ । भिन्न पर्यावरणमा उम्रिएका, हुर्किएका र फैलिएका विचार, सिद्धान्त आफ्नोमा लगाउनुपूर्व ती आफ्नो पर्यावरण अनूकुल छ छैन हेर्नुपर्छ । हामीले त्यसो गरेनौँ ।


प्रश्न ६) पुस्तकमा आयातीत अनुभवको पनि संकेत गरिएको छ । आयातीत अनुभव भन्नाले ?


तपाईं राजनीति भन्नुहोस् या साहित्य, संस्कृति भन्नुहोस् या समग्र समाज परभूमिका आयातीत अनुभवमा बाँचेको छ । परदेशका विचार, जीवनशैली र अनुवभलाई आफूले नै भोगेझैं गरिरहेछौं हामी । वास्तवमा, यस्ता आयातीत अनुभव अथवा बरोड एक्स्पेरियन्स ९दयचचयधभम भहउभचष्भलअभ० मा पर्यावरणीय वैधता ९भअययिनष्अब िखबष्मिष्तथ० हुँदैन । हामी अन्य भूमिहरूमा सिद्धान्त र विचारका बारेमा छलफल गर्दछौं । सूचनाको राम्रै संग्रह छ हाम्रा मस्तिष्कमा । तर हाम्रो आफ्नो पर्यावरणको हेक्का छैन  हामीलाई । परिणामत ः हामी बौद्धिक भएका छौं तर बुद्धिमान हुन सकेनौं । ज्ञानी हुनु त अलि परको कुरा हो । यहाँनेर अलि प्रष्ट पारौं ।  इरेजरको मूल आशय के हो भने सिद्धान्तको जानकारी हुनुपर्दछ ।  यसले हामीलाई बौद्धिक बनाउँछ । तर बौद्धिकता साधन हो अन्तिम लक्ष्य होइन । बौद्धिकतालाई आफ्नो परिवेशसँग जोड्नु पर्दछ । यसले मात्र हामीलाई बुद्धिमान बनाउला । ज्ञानी हुनु अलि माथिल्लो तहको कुरा हो । यसका लागि सूचना÷जानकारीलाई आफ्नो अनुभव, अन्तरदृष्टि र अन्तरज्ञानसँग जोड्नुपर्दछ ।

६) नामबाट विशेषण हटाउनु भनेको के हो ?

इरेजरको पात्र भन्छ— विशेषणका पछि नकुद्नु । चाहे ती विशेषण राम्रा हुन् या नराम्रा । विशेषण भनेको प्रशंसा या तिरस्कारका शब्दहरू हुन् । यस्ता शब्दहरूले वास्तविकतलाई छोप्दो रहेछ भुइँकुहिरोले डाँडा छोपेझैँ । अनि हामीहरू तिनै शब्दका आधारमा व्यक्तिको मूल्याङ्कन गर्दा रहेछौं । तिनै शब्दका आधारमा आफ्नो दृष्टिकोण बनाउँदा रहेछौं । दश वर्षको जनयुद्धमा यही भयो । राज्यले एउटा समूहमा लागेकाहरूका  लागि आतंककारी भन्ने विशेषण दियो । यो विशेषण दिएपछि राज्यले इच्छा अनुसार मार्न पाउँदो रहेछ । हामीले ठिकै हो भन्यौं । युद्धरत् समूहले पनि अर्को समूहलाई अनेकौं विशेषण दियो— सामन्ती, नोकरशाही, दुश्मन । विशेषणको खेलमा राजनेता, क्रान्तिकारी, जनवादी, असल जस्ता विशेषण आफ्ना भागमा र विद्रोही, आन्दोलनकारी, आतंककारी, कमसल जस्ता विशेषण अरूका भागमा परोस् भन्ने गरिँदोरहेछ । यो पनि एक प्रकारको हिंसा हो । हिंसालाई पुष्टि गर्ने आधार । कसैलाई खराब, आतंककारी, गुन्डा, जस्ता विशेषण झुन्डाइदिएपछि उसमाथि हिंसा गर्न सजिलो हुन्छ । कक्षाकोठामा पनि कुनै विद्यार्थीलाई खराब या वदमासको ट्याग दिएप्छि शिक्षकलाई उसमाथि कारवाही गर्न सजिलो पर्छ । इरेजरको एउटा मान्यता के हो भने कुनै व्यक्ति या समूहलाई नकारात्मक विशेषण दिएर उसलाई दानत्व र प्रशंसाका विशेषण दिएर देवत्वतर्फ नलैजाऊ । विशेषणहरू आउँछन, जान्छन । आखिर अन्त्यमा रहने भनेको हाम्रो कर्म हो । कर्तालाई हेरौं, उसको कर्मलाई बुझौं । कर्ता र कर्मका पछाडि जोडिने–छुट्टिने विशेषणका फुलबुट्टालाई त्यति ध्यान नदिऔं भन्ने हो ।

प्रश्न ७) आजको यस्तो प्रतिस्पर्धात्मक समयमा के यो सम्भव छ ?

विशेषणविनाको यो प्रतिस्पर्धात्मक जीवनशैली संभव छ ? संभव असंभवको कुरा होइन । मूल कुरा त प्रतिस्पर्धा र आत्मप्रशंसाको खोजीको दौडले हाम्रो जीवन कति अस्वस्थ र असंयमित बनेको छ । प्रतिस्पर्धाको रोग विद्यालयबाट सुरु हुन्छ । बालबालिकालाई कसरी राम्रो गर्ने भन्ने सिकाउनुभन्दा पनि अर्कोलाई कसरी उछिन्ने, जित्ने भन्नेतिर उन्मुख गराइन्छ । यसैबाट सुरु हुन्छ विभेदको कर्म । हाम्रा विद्यार्थीहरू कसरी ज्ञान आर्जन गर्ने भन्दा पनि कसरी डिभिजनको ट्याग भिर्ने भन्नेतिर उन्मुख छन् । कालान्तरमा उनीहरूसँग उत्कृष्ट, प्रथम, द्वितीय जस्ता विशेषण त हुन्छ तर ज्ञान र अन्तरवोधको कमी  हुन्छ । यस्ता विशेषणहरू सामान्य ट्याग मात्र हुन् भन्ने हामीले बिर्सियौं । यस्तो लाग्छ यी ट्याग नै ज्ञान हुन् । यस्ता विशेषणको अधिक खोजीले हामी ज्ञान र सीपमा पछि प¥यौँ ।

प्रश्न ८) हामी सबै बराबर हुने कुनै सुत्र ?

बराबर हुने या बनाउने  कुनै सुत्र छैन । तीन हजार वर्षभन्दा लामो मानव सभ्यतामा बराबर बन्ने, बनाउने अनेकौं प्रयास भए । झन्डै २३ सय वर्षअघि नै उता प्लेटोले सबै बराबर हुने राज्यको परिकल्पना गरेथे । यता हाम्रोमा यस्तो आदर्श राज्यलाई रामराज्य भन्यौँ ।  उताकादेखि यता अनेकौं रानीतिक सिद्धान्तहरू लेखिए, तिनको प्रयोग भयो । तर पनि विषमताको तह उही छ । कारण, विषमता र विविधता यथार्थ हो । बराबर या समानता सतहमा गरिने आदर्श मात्र हुन् । कुनै पनि व्यक्ति अर्कोसँग कुनै पनि कुरामा बराबर हुँदैन— न त शारीरिक शक्तिमा, न त बौद्धिक क्षमतामा, न त वाक क्षमतामा, न त श्रममा, न त इच्छामा, न त आकांक्षामा । अनि कसरी ऊ अर्को व्यक्तिसँग आर्थिक, सामाजिक या भनौँ कुनै पक्षमा बराबर हुन्छ ? हुन सक्छ, उसलाई अरू कोहीसँग बराबर हुनु पनि छैन । विविधता प्राकृत हो । आजसम्म मैले एउटै आकार, उचाई र फैलावटको कुनै दुई वृक्ष देखेको छैन । उत्तिकै समान आकारका, समान गतिमा बग्ने दुइ खोला तरेको छैन । उही उचाई र आकारका दुई पहाड चढेको छैन । समानता कतै पनि छैन । समाजमा समानता डिक्टेटरशिपमा मात्र सम्भव हुन्छ । उत्तरकोरियाका जनता समान होलान तर दक्षिण कोरियामा यो सम्भव छैन । प्रजातान्त्रिक र उदारवादी समाजका समानता कदापि सम्भव हुँदैन । समस्या बराबर हुने या नहुनेको होइन । चुरो कुरो त विविधतालाई स्वीकार्नु हो । मूल समस्या विविधताका कारण हुने विभेदीकरणको हो । हाम्रा प्रयास विविधताले भरिपूर्ण तर विभेदरहित समाज बनाउने तर्फ उन्मुख हुनुपर्ने हो ।

First National Translation Conference Kicks off

Kathmandu: The First National Translation Conference has begun here on Thursday. The conference is organized by Society of Translators Nepal.
trans1
‘The conference is organized to promote the institutionalization of translation and broaden its arena’ said Bal Ram Adhikari, vice-president of the host organization. The program is at Dilli Raman Regmi library Lazimpat.
On the occasion, senior linguist and literary personal Dr. Abhi Subedi said, ‘I am really happy to know the broader aspects of translation field today.’ Commenting to the conference papers he viewed that such conference could develop translation field in a professional way.
Outside the conference hall there is an exhibition of the translated books. Participants seemed quite busy in selecting the books. Adhikari said ‘There are 100 titles for exhibition and more 400 titles for sale.’
In a question regarding the genre of the translated books, Adhikari informed that the most of the books were from fiction genre and they are translated from English to Nepali. He said, ‘Though there are remarkable translations in fiction, the market of theoretical books on translation is also going better.’
Mahesh Bhattarai, a participant said, ‘This program is the best opportunity for dreamers of professional translator.’ He was in a view that beginners could get very few things related to translation technique in such program.
trans2 (800x600)
Krishna Khadka, another participant found very happy to get participated in the program. He remarked, ‘We are lucky to get participated in the very first conference and learn many things from the experts.’ He further said, ‘The exhibition of translated books and theoretical books on translation made me feel better.’ Khadka was collecting a book named Anubad Siddhanta ra prayog.
16 papers on translation are scheduled for the conference while 6 papers on cultural translation and scope, challenge and opportunity on translation were presented today.
According to the organizers no fee is required to visit the exhibition.
More than 100 participants took part in the first day of the event and it will last on 1st October.
International translation day is on 30th September.
(http://interviewnepal.com/2016/09/29/first-national-translation-conference-kicks-off/)

Comments