Academic Articles
नोबेल पुरस्कार प्राप्त साहित्यमा अनुवाद र नेपाली साहित्यबाट नोबेल पुरस्कारतिर हेर्दा
बलराम अधिकारी
उपप्राध्यापक, त्रिभुवन विश्वद्यिालय
उपप्राध्यापक, त्रिभुवन विश्वद्यिालय
लेख्नका लागि अनेकौँ ध्येयहरूले प्रेरित गर्दछन् । अधिकांश लेखकले आन्तरिक आनन्द, सन्तुष्टि र सुखलाई लेखनको मूल ध्येय मानेका छन् । सन् २००६ का नोबेल पुरस्कार विजयी ओरहान पामुकले पुरस्कार ग्रहण गर्दाको प्रवचनमा लेख्नुको आफ्नो मूल ध्येय मानसिक सन्तुष्टि भएको बताएका थिए— तपाईं किन लेख्नु हुन्छ भनी मानिसहरू मलाई बारम्बार प्रश्न गर्छन् । जवाफमा म भन्छु— लेख्दा मलाई आनन्द आउँछ । तर असल साहित्यले दिने आनन्द केवल लेखकमा मात्र सीमित रहँदैन । लेखकीय आनन्द पाठकसम्म पनि फैलिन्छ । लेखक जति धेरै पाठकसँग जोडिन सक्छ ऊ त्यति नै सफल मानिन्छ । अर्थात्, पठनको व्यापकताबाट लेखनको मूल्याङ्न हुने गर्दछ । अधिक पाठकले रुचाएको कृतिलाई अङ्गे्रजी भाषाले बेस्ट सेलर भन्ने गर्दछ । यस्तो कृतिलाई हामी सर्वाधिक बिक्रीपुस्तक भनौँ । पाठक सङ्ख्याका अलवा साहित्यिक कर्मको मूल्याङ्कन गर्ने अर्को महŒवपूर्ण मानक, पुस्कार पनि हो ।
लेखन कर्मलाई पुरस्कारसँग जोड्दा, कुनै पनि दिव्यदर्शी साहित्यकर्मीले आफ्नो जीवनकालमा सम्झने अनेकौँ पुरस्कारमध्ये नोबेल पुरस्कार प्रमुख हो । हरेक वर्ष विश्वका विभिन्न भाषी लेखकहरू मध्येबाट एक जनालाई चुनेर प्रदान गरिने यो सर्वश्रेष्ठ अन्तरराष्ट्रिय पुरस्कार धनराशीका कारण मात्र सर्वाधिक चर्चामा रहेको होइन । यस पुरस्कारले साहित्य लेखनमा बहुपक्षीय र दीर्घकालीन प्रभाव पार्दछ । कुनै पनि साहित्यकारका लागि नोबेल पुरस्कार विश्वपाठकको ध्यानाकर्षण गराउने, विश्वका अनेकौँ भाषाहरूमा फैलिने र विश्व राजनैतिक तथा सांस्कृतिक परिदृष्यमा आफ्नो विशिष्ट पहिचान बनाउने सम्भवतः सबैभन्दा शसक्त माध्यम हो । यो पुरस्कार कुनै एक लेखकको वैयक्तिक उपलब्धि र प्रतिष्ठाका रूपमा मात्र रहँदैन । लेखक मात्र नभइ पुरस्कृत भाषाको साहित्य नै विश्व लेखनको ध्यानाकर्षणको केन्द्र बन्ने गर्दछ । सम्बन्धित भाषिक समूदाय आफ्नो भाषाको सृजनात्मक शक्तिमा गर्व गर्दछ । राष्ट्र आफ्नो लेखकको चेतनालाई समग्र राष्ट्रिय चेतना ठान्दछ (तर चीन, पूर्व सोभियत संघजस्ता लेखकीय धर्ममा अंकुश लगाउने राष्ट्रहरू यसका अपवाद हुन् ।) । नोबेल पुरस्कार विजयी लेखकको सृजनात्मक उपलब्धि राष्ट्रिय राजनीतिको सीमाभन्दा माथि रहन्छ । समग्र महादेशले यस्ता लेखकका चेतनालाई आफ्नो उपलब्धि ठान्दछ । उदाहरण हेतु रविन्द्रनाथ ठाकुर, यासुनारी कावाबाता, कोन्जाबुरो ओए र मो यानलाई लिऔँ । यी लेखकहरू कुनै राष्ट्र विशेषका लेखक मात्र नभई समग्र एसियाली साहित्य लेखनका अब्बल प्रतिनिधि हुन् । कतिपय यस्ता पनि लेखक छन् जसको चेतनाको उचाइमा समग्र विश्व नै गर्वान्वित छ । जस्तो कि, ओशोले स्वतन्त्रता सम्बन्धी एक प्रसङ्गमा रविन्द्रनाथ ठाकुरलाई सार्वलौकिक चेतानाका बाहक भनेका छन् भने उनको गितान्जलीलाई मानव चेतनाको विकासक्रमको एक महŒवपूर्ण कडीका रूपमा लिएका छन् ।
नोबेल पुरस्कारका संस्थापकको इच्छापत्र, नोबेल ससाहित्य पुरस्कार र अनुवाद
अल्फ्रेड नोबेलको इच्छापत्रको अंशबाट यस छलफललाई अगाडि बढाऔँ । नोबेलले इच्छाए— साहित्यतर्फको पुरस्कार त्यस्तो व्यक्तित्वलाई प्रदान गर्नु जसले साहित्यमा अद्वितीय योगदान पु¥याएको छ र जसको लेखनले समग्र साहित्यलाई आदर्शतर्फ डो¥याएको छ । उनले साहित्यलाई समग्र मानव जातिको उत्थान गर्ने पाँच क्षेत्रमध्येको एक प्रमुख क्षेत्र भनी किटान गरे । उनको इच्छापत्रमा साहित्य भन्नाले कुनै राष्ट्र र भाषा विशेषमा सीमित लेखन नभई अन्तरराष्ट्रिय साहित्य भन्ने उल्लेख छ ृज्ञे। यसको अर्थ, साहित्यका लागि नोबेल पुरस्कारको अवधारणामा नै अनुवाद सन्निहीत थियो भन्ने बुझिन्छ । उनले अझ प्रष्ट पारे— पुरस्कार उपयुक्त लेखकलाई दिइनुपर्दछ । ऊ स्वीडिस, डेनिस, नर्वेजियन र आइस्ल्यान्डिक जस्ता स्क्यान्डिनेभियनभाषी होस् या अन्य कुनै भाषी । यसरी नोबेल पुरस्कारका पिताले विश्वका सम्पूर्ण भाषाका साहित्यप्रति आफ्नो उदार दृिष्टकोण प्रस्तुत गरे । विश्व साहित्यको अवधारणालाई मूर्त रूप दिने सम्भवतः यो पहिलो ऐतिहासिक कदम थियो । तर उनको यस उदारता र कदमसँगै चुनौती पनि जोडिएर आयो । त्यो के भने, विश्वका साहित्यहरूको समग्र सर्वेक्षण र उचित मूल्याङ्कन गरी उपयुक्त लेखकलाई पुरस्कृत गर्ने कार्य भने निकै महŒवाकाङ्क्षी रह्यो । असम्भव प्रायः लाग्ने यस परियोजनाको कार्यान्वनका लागि नोबेल पुरस्कार एकेडेमीले अनुवादको सहारा लिँदै आएको छ ।
अङ्ग्रेजी, फ्रान्सेली, जर्मन, डेनिस जस्ता यूरोपेली भाषाका लेखकहरूका लागि नोबेल पुरस्कारसम्मको यात्रा भाषिक दृष्टिले त्यति कठिन देखिँदैन । यस सम्बन्धमा केजेल इस्पमार्क लेख्छन्— स्वीडिस एकेडेमीका विज्ञहरूको भाषिक दक्षता उच्च छ । फ्रान्सेली, अङ्ग्रेजी र जर्मनमा लेखिएका साहित्यको मूल्याङ्कमा कुनै समस्या हुँदैन । अधिकांश सदस्यहरू इटालियन र स्पेनी भाषाबाट पनि अनुवाद गर्न सक्छन् (ई. १९९९) । तर अङ्ग्रेजी या यूरोपका अन्य प्रमुुख भाषाहरूमा नलेख्ने लेखकहरूले भने एकेडेमीसम्म पुग्न निकै लामो र कठिन यात्रा गर्नुपर्ने हुन्छ । यस्ता लेखकहरूले अल्पे्रmड नोबेलले भने जस्तो सर्वश्रेष्ठ या अद्वितीय साहित्य लेखेर मात्र पुग्दैन । तिनको अनुवाद पनि सर्वश्रेष्ठ हुनुपर्दछ । लेखक मात्र उत्कृष्ट भएर पुग्दैन, उसको अनुवादक पनि उत्कृष्ट हुनुपर्दछ । हर्मन हेस्सेको सुक्ष्म र संवेदनशील लेखनमा जोअचिम न्यौग्रोसेलको संवेदनशील अनुवाद मिसिएर मात्र जर्मन भाषाको उपन्यास सिद्धार्थ विश्व साहित्यको अमर रत्न बन्न सकेको हो । गाब्रियल गार्सा मार्केजको लेखन शक्तिमा ग्रेगोरी राबासा र एडिथ ग्रोसम्यानको अनुवाद शक्ति मिसिएपछि मार्केज विश्व साहित्यको परिदृष्यमा प्रतिमान आख्यानकारका रूपमा चिनिएका हुन् । त्यसैगरी ओक्टेभियो पासको अतियथार्थवादी लेखनले विश्व पाठक र समीक्षकबाट जुन प्रशंसा पायो त्यसको श्रेय जि. ओरुअल, एलिएट वेनबर्गर जस्ता अनुवादकहरूलाई जान्छ । अनुवादकले लेखकलाई विश्वपाठकसँग जोडेको यी त केही सीमित उदाहरणहरू मात्र हुन् । यस्तो दृष्टान्त नोबेल पुरस्कर विजयी सबै गैर–अङ्ग्रेजीभाषी लेखकहरूमा लागु हुन्छ । अतः नोबेल पुरस्कारका प्रत्यासी लेखकहरूले आफ्नो भाषामा लेखेर मात्र पुग्दैन आफ्नो लेखनलाई अनुवादसँग पनि जोड्दै लैजानु पर्दछ । नोबेल पुरस्कार एकेडेमीको प्रवेशद्वारसम्म पुग्न लेखकले अनुवादकलाई अगाडि लगाएर जानु पर्ने हुन्छ । लेखकको उपलब्धिलाई मूल्याङ्कन समितिको टेबलसम्म पु¥याउन पनि अनुवादक नै चाहिन्छ । यसको तात्पर्य अनुवादको मार्ग भई एकेडेमीसम्म पुग्नु पर्ने लेखकको यात्रा अङ्ग्रेजीमा लेख्ने लेखकको भन्दा दुई गुणाले कठिन हुन्छ ।
पुरस्कृत ससाहित्कारहरू र तिनका भाषा
एकेडेमीले सन् १९०१ देखि साहित्यका लागि नोबेल पुरस्कार प्रदान गर्न थालेको हो । सबैभन्दा पछिल्लो पटक अर्थात् सन् २०१५ मा १०८ औं पुरस्कार वितरण गरियो । हालसम्म पुरस्कृत लेखकहरूको सङ्ख्या ११२ पुगेको छ । सन् १९१४, १९१८, १९३५, १९४०, १९४१, १९४२ र १९४३ गरी सात पटक पुरस्कार कुनै पनि लेखकलाई प्रदान गरिएन। यसका पछाडि विविध कारणहरू रहे । युद्ध मूल कारण बन्यो ।
पहिलो नोबेल साहित्य पुरस्कार फ्रान्सेली भाषाका लेखक सुल्ली प्रुइडमलाई प्रदान गरिएको थियो । पुरस्कृत विधा काव्य थियो । उनको काव्यले बोकेको उच्च आदर्श, कलात्मक निपूणता, हृदय र मस्तिष्कको दुर्लव संयोजनको कदर गर्दै प्रुइडमलाई त्यस वर्षको सर्वोकृष्ट कविको उपाधि दिइयो । सबैभन्दा पछिल्लो अर्थात् २०१५ को पुरस्कार पाउने लेखिका स्वेत्लाना एलेक्सिभिच रहिन् । बेलारुस निवासी यी रुसीभाषी लेखिका नोबेल पुरस्कार पाउने पहिलो पत्रकार–साहित्यकार पनि बनिन् । पुरस्कृत विधा गद्याख्यान रह्यो । उनको लेखनलाई निर्णायक मन्डलले हाम्रो समयको पीडा र साहसको धरोहर भनेको छ । मौखिक इतिहासको लेखनमा उनले अपनाएको बहुल स्वरात्मक शैलीका कारण पनि स्वेत्लाना अन्य समकालीन लेखकहरू भन्दा निकै भिन्न देखिन्छिन् ।
सन् १९०१ को पहिलो र २०१५ को सबैभन्दा पछिल्लो पुरस्कार बिजयी दुवै लेखक गैर–अङ्ग्रेजीभाषी हुन् र विश्वमा उनीहरूको सर्जकीय पहिचान अनुवादबाट फैलिएको हो ।
नोबेल पुरस्कारबाट विभूषित लेखकहरूलाई एकपटक भाषिक पक्षबाट हेरौँ । हालसम्म जम्मा २५ विभिन्न भाषाका ११२ जना लेखक पुरस्कृत भएका छन् । नोबेल पुरस्कारमा अङ्ग्रेजीभाषी लेखकहरूको ज्यादा प्रभाव र प्रभुत्व रहेको छ । अङ्ग्रेजी लेखन र पठनको द्रुत विश्वव्यपीकरणलाई हेर्दा यो स्वाभाविक पनि हो । आजसम्म २७ अङ्ग्रेजीभाषी लेखकहरू यस सर्वोच्च साहित्यिक पुरस्कारबाट विभूषित भएका छन् । अङ्ग्रेजीपछिको लहरमा फ्रान्सेली साहित्य उभिएको छ जस अन्तर्गत प्रथम पुरस्कार विजेता प्रुइडमदेखि दुईवर्ष अघिका प्याट्रिक मोदिआनोसम्म आइपुग्दा १४ जना फ्रान्सेली लेखक परेका छन् । सङ्ख्याका हिसाबले फ्रान्सेली साहित्यकारपछिको लहरमा व्रmमशः जर्मन (१३), स्पेनी (११), रुसी (७), स्वीडिस (७), इटालीयन (६) र पोलिस (४) भाषाका साहित्यकारहरू उभिएका छन् । त्यसैगरी नर्वेजियन र डेनिस भाषाका तीन–तीन लेखक तथा ग्रिक, जापानी र चिनियाँ भाषाका दुई–दुई लेखकले आजसम्म नोबेल पुरस्कार प्राप्त गरेका छन् । बाँकी बाह्र पटकका पुरस्कारहरू विभिन्न बाह्र भाषामा छरिएका छन् । ती भाषाहरूमा बङ्गाली, अरबी, चेख, फिनिस, हिब्रु, हङ्गेरी, आइसल्यान्डिक, ओक्सिटान , पोर्चुगिज, सर्बो–व्रmोएसियन, टर्की र यीदिस रहेका छन् ृष्े (हे. टेबल १.) ।
नोबेल पुरस्कारको वितरण अङ्ग्रेजी लगायत युरोपेली भाषाहरूमा अधिक केन्द्रित भएको देखिन्छ । भाषिक पक्षबाट हेर्दा यसका दुई कारण हुन सक्छन् । पहिलो कारण हो, एकेडेमीका विज्ञहरूको बहुभाषिक क्षमताको सीमा । एकेडेमीको १८ सदस्यीय छनौट टोलीमा रहेका लेखक, कवि र साहित्यकारहरूको बहुभाषिकता मूलतः अङ्ग्रेजी, स्वीडिस, जर्मन जस्ता भाषाहरूमा सीमित छ । मूल्याङ्कन समितिमा सम्पूर्ण भाषाका ज्ञाताहरू समावेश गर्नु सम्भव पनि हुदैन । परिणामतः विज्ञहरूको बहुभाषिक क्षमताको सीमाको प्रभाव लेखकहरूको छनौट र तिनका कृतिहरूको मूल्याङ्कमा पर्दछ । पश्चिमेत्तर भाषाहरूमा रचिएका साहित्यको पर्याप्त रूपमा अङ्ग्रेजीमा अनुवाद हुन नसक्नु अर्को कारण हो । अनुवाद नै नभएपछि लेखक जतिसुकै शसक्त भए पनि ऊ आफ्नै भाषाको प्रादेशीय सीमामा सीमित हुन पुग्छ । परिणामतः अन्तरराष्ट्रिय पुरस्कारसम्म पुग्ने उसको सम्भावना न्यून रहन्छ ।
नोबेल पुुरस्कार प्राप्त लेखहकहरूका जति पनि सृजना आज विश्व्यापी रूपमा अङ्ग्रेजीमा पढिन्छन् तीमध्ये अधिकांश अनूदित नै हुन् । माथि नै जनाइयो कुल ११२ लेखकमध्ये जम्मा २७ जनाले मात्र अङ्ग्रेजी मूलमा लेखेका छन् । बाँकी लेखकहरूको सृजनाको माध्यम गैरअङ्ग्रेजी छ । कतिपय लेखकले भने आफ्नो मातृभाषा र अङ्ग्रेजी दुवैमा कलम चलाएको पनि देखिन्छ । नोबेल पुरस्कार विजयी यस्ता द्वैभाषिक लेखकहरूमा रविन्द्रनाथ ठाकुर (१९१३), स्यामुअल बेकिट (१९६९) र जोसेफ ब्रोड्स्कि (१९८७) को नाम विशेष चर्चामा रहेको छ । ठाकुर वंगाली र अङ्गे्रजी, बेकिट फ्रान्सेली र अङ्ग्रेजी दुवैमा लेख्थे । त्यस्तै, ब्रोड्स्किको काव्य सृजनाको भाषा रुसी थियो तर उनी गद्य भने अङ्ग्रेजीमा लेख्थे । तथापि यी लेखकहरूलाई उनीहरूकै मातृभाषाको लेखनका लागि पुरस्कृत गरिएको थियो ।
समग्रतामा हेर्दा नोबेल पुरस्कारमा अङ्ग्रेजी मौलिक लेखनले पच्चिस प्रतिशत (२५०%) र अङ्ग्रेजी अनुवादले सत्तरी (७५%) प्रतिशत जति स्थान ओगटेको छ । यसले नोबेल पुरस्कारमा अनूदित साहित्यको दायरा कति फराकिलो छ भन्ने देखाउँछ । यहाँनेर छनौट र निर्णय प्रकृयाको प्रसङ्ग पनि जोडौँ । विश्वका अङ्ग्रेजी–इतरभाषी लेखकहरू अनुवादको मार्ग हुँदै एकेडेमीको कृति मूल्याङ्कन समितिसम्म पुग्छन् । प्रारम्भमा पन्ध्रदेखि बिस जना लेखकको छनौट हुन्छ । पछि त्यस सूचीबाट ५ जना उत्कृष्ट लेखक छानिन्छन् । तिनका प्रतिधिनिधिमूलक कृतिहरूको पठन र मूल्याङ्न गरिन्छ र अन्ततः त्यस सूचीबाट एक व्यक्ति वर्षको सर्वोत्कृष्ट लेखकका रूपमा चुनिन्छन्, पुरस्कृत हुन्छन् । मूल्याङ्कन समितिमा जर्मन, फ्रान्सेली जस्ता भाषामा उच्च दखल राख्ने विज्ञहरू रहेको भए तापनि अङ्ग्रेजी अनुवाद नै सबैको केन्द्रमा रहने गरेको छ । छलफलको यस विन्दुमा एडिथ ग्रोसम्यानको टिप्पणी मननीय लाग्दछ— अङ्ग्रेजीमा अनुवाद नभएसम्म कुनै पनि लेखक नोबेल पुरस्कारका लागि योग्य समेत ठहरिँदैन किनभने अङ्ग्रेजी मात्र एउटै यस्तो भाषा हो जुन निर्णायक मन्डलका सबै विज्ञहरूले बुझ्न सक्छन् (ई, २०१०, पृ. १५) । ग्रोसम्यानको यस भनाइबाट नोबेल पुरस्कारमा अनुवाद त्यसमा पनि विशेष गरी अङ्ग्रेजी अनुवादले कति महŒवपूर्ण भूमिका खेल्ने गरेको छ भन्ने सहजै बुझिन्छ ।
अतः अङ्ग्रेजीबाहेक अन्य भाषामा लेखिने साहित्यको छनौटको आधार अनुवादको उपलब्धता र गुणस्तर हुने गरेको
छ । पुरस्कृत लेखकका कृतिहरू फेरि अनुवादको मार्ग हुँदै विश्वका अनेकौँ भाषाहरूमा प्रवेश गर्दछन् । अनुवादको यस दोहोरो भूमिकालाई हेर्दा नोबेल पुरस्कारका पिताले विश्व साहित्यको प्रवर्धनमा देखेको आदर्श सपना, यस पुरस्कारको अस्तित्व, महŒव र सान्दर्भिकता सबै अनुवादमा नै निहित देखिन्छ । अनुवादको अनुपस्थितिमा नोबेल पुरस्कार विश्व साहित्यको पुरस्कार बन्न सक्ने थिएन ।
विगत दुई दशकको ससाहित्य पुरस्कारमा अनुवाद
नोबेल पुरस्कारको एक शताब्दीभन्दा पनि लामो इतिहासको विश्लेषण यस कार्यपत्रको सीमाभन्दा बाहिर रहेकाले मैले यहाँ विगत दुई दशकलाई मात्र नमुनाका रूपमा प्रस्तुत गरेको छु । विगत दुई दशक अर्थात् सन् १९९५ देखि २०१५ सम्ममा १२ भाषाका २० साहित्यकारले नोबेल पुरस्कार प्राप्त गरेका छन् । यी भाषाहरूमा व्रmमशः अङ्ग्रेजी (५), जर्मन (३), फ्रान्सेली (२), चिनियाँ (२), रुसी (१), स्विडिस (१), स्पेनी (१), टुर्की (१), हङ्गेरियन (१), पोर्चुगिज (१), इटालियन (१) र पोलिस (१) पर्दछन् (हे. तालिक २.)ृष्ष्े।
लेखकको सङ्ख्या हेर्दा अङ्ग्रेजी भाषी साहित्यकारहरू अग्रपंक्तिमा रहेका छन् । तथापि समग्रतामा भने अङ्ग्रेजीमा अनुवाद भई विश्व बजारमा फैलिएका साहित्यकारहरू नै धेरै छन् । स्वेतलाना, पामुक, कर्तेज, स्जाइमबोस्र्का बेलारुस, टर्की, हंगेरी र पोल्यान्ड जस्ता विश्व परिदृष्यमा त्यति चर्चामा नरहेका देशका नागरिक हुन् । आफ्ना अनूदित कृतिका कारण उनीहरू आज विश्व लेखकका रूपमा चिनिएका छन् । यी र अधिकांश अन्य लेखकहरूले आफ्नै भाषामा लेखे । यिनका कृतिहरू अङ्ग्रेजीमा अनुवाद हुँदै गए र अनुवादको सहाराले यी बृहत्तर पाठक समूहमा पुग्न सके । आज यी लेखक कुनै भाषा या क्षेत्रविशेषका मात्र नभइ विश्वग्रामका लेखक बनेका छन् । यी लेखकका लेखनलाई सार्वदेशीय बनाउने श्रेय अवश्य नै यिनका अनुवादकलाई जान्छ ।
पछिल्ला वर्षहरूको पुरस्कार वितरणको प्रवृतिलाई हेर्दा गैर–अङ्ग्रेजीभाषी लेखकहरूको उपस्थिति सन्तोषजनक देखिन्छ । भविष्यमा अङ्ग्रेजी बाहेक अन्य भाषामा नोबेल पुरस्कार पाउने लेखकहरूको सङ्ख्यामा बृद्धि हुँदै जाला ? स्वीडिस एकेडेमीका स्थायी सचिव पिटर इनलन्ङलाई यो प्रश्न सोधिएको थियो । सहमतिमा उनले भनेका छन्— यो अवस्यभावी छ । नोबेल पुरस्कारमा गैर–अङ्ग्रेजीभाषी लेखकहरूको सङ्ख्या बढ्दै जानु भनेको त्यही अनुपातमा अङ्ग्रेजी अनुवाद पनि बढ्दै जानु हो । नोबेल पुरस्कारको अनुवादमाथिको निर्भरता पनि बढ्दै जानु हो । साथै विश्व साहित्यमा अनूदित साहित्यको स्थान फराकिँदै जानु हो ।
यहाँ प्रश्न उठ्न सक्छ नोबेल पुरस्कार विजयी यी लेखकहरूले अङ्ग्रेजीमा लेख्न नसकेरै आफ्नो भाषामा लेखे या अङ्ग्रेजीमा लेखन क्षमता हुँदाहुँदै पनि आफ्नै मातृभाषा रोजे । अङ्ग्रेजी दोस्रो भाषाका रूपमा प्रयोग गर्ने कतिपय लेखकहरूले मौलिक रूपमा अङ्ग्रेजीमा लेख्न सक्ने विकल्प हुँदाहुँदै पनि आफ्नै भाषा रोजेको देखिन्छ । हुन त दोस्रो भाषामा अनुभूतिको गहिराइ र अभिव्यक्तिको सहजता नहुने भएर पनि मातृभाषा नै रोजेका हुन सक्छन् । यस्ता लेखकहरूमा रविन्द्रनाथ ठाकुर, बेके र ब्रोड्स्किको नाम माथि नै उल्लेख गरियो । यस्तै अर्का छन् ओरहान पामुक । पेशाले यिनी तुलनात्मक साहित्य अध्ययन र लेखनका प्राध्यापक हुन् । अमेरिकास्थित कोलम्बिया विश्वविद्यालयमा प्राध्यापन गर्छन् । तर उनी आफ्नो देशज भाषा टर्कीमा नै लेख्छन् र दक्ष व्यक्तिबाट अङ्ग्रेजीमा अनुवाद गराउँछन् । कतिसम्म भने पुरस्कार ग्रहण गर्दा उनले बाचन गरेको लिखित भाषण पनि टर्कीमा नै थियो जसलाई मौरिन फ्रीलीले अङ्ग्रेजीमा अनुवाद गरेका थिए । एउटा क्षेत्र विशेषको भाषामा लेखेर पनि पामुक आज विश्व पाठकका एक प्रिय लेखक बनेका छन् । पामुकको विश्व ख्यातिलाई डेबिड ड्यामरोस (२००३) ले अनुवादसँग यसरी जोडेर हेरेका छन्—
अनुवाद नभएको भए पामुक आफ्नो स्वदेश टर्कीभन्दा बाहिर अज्ञात नै रहन्थे । अनुवादले गर्दा उनको चित्त भेदक उपन्यास कार मेक्सिको शहरमा ब्राजिलियन भाषामा किन्न सकिन्छ भने बर्लिनमा जर्मन भाषामा । त्यसैगरी, यही उपन्यास अमेजन डट कमबाट अङ्ग्रेजीमा मगाउन सकिन्छ जुन स्नो शीर्षकमा अनुवाद भएको छ । पामुकका लागि नोबेल पुरस्कारसम्म पुग्ने बाटो अनुवादले खोलिदियो । उनी र उनीजस्ता अन्य साहित्यकारहरू विश्व साहित्यका पाठ्यक्रमहरूमा अनुवादमा नै पढिन्छन् । (पृ. ६५)
नोबेल पुस्कार प्राप्त अर्का लेखक मोदिआनोको बारेमा गोविन्दराज भट्टराईको यस्तै प्रकारको टिप्पणी रहेको छ—
नोबेल पुरस्कार पाउनुअघि मोदिआनो फ्रान्स बाहिर त्यति नचिनिएका स्रष्टा थिए । उनको विशेष प्रशिद्ध मिसिङ पर्शनका जम्मा २४ सय प्रति विकेका थिए, पुरस्कार पाउनासाथ लाखौँ करोडौँ पुगे होलान् । कारण मोदिआनोका धेरै कृति अङ्ग्रेजीमा गएका थिएनन् अनि उनी विश्वले नचिनेका आफ्नै भाषमा मात्र सीमित स्रष्टा थिए । (विं सं. २०७१)
पामुक र मोदिआनोका यी दुई दृष्टान्तलाई हाम्रो सन्दर्भसँग जोडी हेरौँ ।
अनौपचारिक छलफल एवम् औपचारिक गोष्ठीहरूमा सुन्नमा आउँछ— अङ्ग्रेजीमा लेख्न नसकेकाले नेपाली लेखकहरू विश्व साहित्यमा प्रवेश गर्न सकिरहेका छैनन् । त्यसैले अबको लेखन त्यतातिरको हुनुपर्दछ । यस्तो भनाइमा त्यति सत्यता छैन । मूल कुरा हो— नेपाली लगायत अन्य मातृभाषाहरूमा हामी कुन स्तरको साहित्य लेखिरहेका छौँ र जे जस्तो लेखिरहेका छौँ त्यसको के कति र कस्तो अनुवाद गरिरहेका छौँ । पामुक, मो यान, कर्तेत आ–आफ्नो भाषामा लेखेर विश्व लेखक बन्न सक्छन् भने हाम्रा नेपाली लेखक किन त्यही स्तरमा फैलिन सक्दैनन् ? सक्छन् । तर यसका लागि कम्तिमा तीनवटा शर्त पुरा हुनुपर्दछ ।
पहिलो, के हामी लेखकहरू विश्व लेखन कता जाँदैछ भन्नेमा सचेत छौँ ?
दोस्रो, के पामुक, कर्तेज जस्ता लेखकले झैं हामीले आफ्नो भाषाको सृजनात्मक शक्तिको पहिचान र सम्मान गरेका छौँ ?
र तेस्रो, के हामीले लेखन र अनुवादबीचको अन्योन्यास्रित सम्बन्धलाई सही अर्थमा बोध गरेका छौँ ?
हामीले अनुवादलाई अझै पनि विशिष्ट क्षेत्रका रूपमा लिइरहेका छैनौँ । लेखनको अनुवादमाथिको निर्भरता बुझ्न सकिरहेका छैनौँ । कुनै पनि देशमा राम्रा लेखक भएर मात्र पुग्दैन । त्यस्ता लेखकका लागि राम्रा अनुवादक पनि चाहिन्छ भन्ने यथार्थलाई मनन गर्न बाँकी छ ।
दश बहुचर्चित नोबेल पुरस्कार विजयी ससाहित्यकार र अनुवाद
नोबेलप्राइज डट ओआर्जी (लयदभउिचष्शभ।यचन) ले नोबेल पुरस्कारबाट विभूषित साहित्यकारहरू मध्ये दश सर्वचर्चितको नाम सूचिकृत गरेको छ । यीमध्ये शीर्षस्थानमा रविन्द्रनाथ ठाकुर रहेका छन् । त्यसपछि उक्त सूचीमा व्रmमशः टोमस ट्रान्सट्रोमर (स्वीडीस), अर्नेष्ट हेमिङ्वे (ंअङ्ग्रेजी) पाबलो नेरुदा (ंस्पेनी), विस्लावा स्जाइमबोस्र्का (ंपोलिस), गाब्रियल गार्सा मार्केज (ंस्पेनी), स्वेत्लाना एलिक्सोभिच (ंरुसी), विलियम फोक्नर (ंअङ्ग्रेजी ), जोन स्टेनबेक (ंअङ्ग्रेजी ) र अल्बेअर कामु (ंफ्रासेली)को नाम रहेको छ । यीमध्ये सात जना गैरअङग्रेजीभाषी लेखक रहेका छन् जो अनुवादबाट एकेडिमीसम्म पुगे, पुरस्कृत भए र अनुवादबाट नै विश्व साहित्य लेखनका प्रतिमान बनेका छन् । यीमध्ये केहीको विश्व ख्याति र अनुवादबीचको सम्बन्धलाई हेरौँ ।
रविन्द्रनाथ ठाकुर कथा, उपन्यास, नाटक र कविता जस्ता साहित्यका सबै विधामा सकृय रहे । तथापि उनको विश्व ख्यातिको श्रेय बङ्गाली भाषाबाट अङ्ग्रेजीमा अनुसृजित काव्यकृति गितान्जली (क्यलन इााभचष्लन) लाई जान्छ । यसको अनुसृजना उनी आफैँले गरेका हुन् । नोबेल पुरस्कार एकेडेमीले यस अनुसृजित कृतिलाई अङ्ग्रेजी भाषामा अनुसृजित एक अत्यन्त संवेदनशील, नवीन र सुन्दर काव्यका रूपमा लिएको छ । अनुवादबाट विश्व साहित्यमा प्रवेश गर्ने अर्का शसक्त कवि हुन् चिलीका नागरिक पाब्लो नेरुदा । अङ्ग्रेजीमा अनुवाद हुन थालेपछि मात्र विश्व साहित्यका पाठक यी स्पेनीभाषी कविको अद्वित्य शैलीका पारखी बने । अनुवाद नभएको भए कवितामा प्राकृतिक शक्तिको प्रयोग गर्ने यिनको स्तब्धकारी शैली स्रोत भाषाको सीमारेखाबाट बाहिर आउने थिएन ।
अर्का सर्वचर्चित अनूदित आख्यानकार मार्केजलाई लिऔँ । मेक्सिकन नागरिक मार्केजले आख्यान लेखनमा जुन नवीन शैली भित्र्याए त्यो आजम्याजिक रियालिजम् अर्थात् मायवी यथार्थवादका नामले स्थापित भएको छ । यस शैलीको शसक्त प्रयोग उनले स्पेनी भाषाको आफ्नो महत्त्वाकाङ्क्षी उपन्यास वान हन्डे्ड यअर्स अव सोलिट्च्युट (एक सय वर्षको मौनता) उपन्यासमा गरका थिए । स्पेनी भाषामा प्रकाशन भएको तीन वर्षपछि अर्थात् सन् १९७० मा राबासाले यस उपन्यासलाई अङ्गे्रजीमा अनुवाद गरे । यो कृति करिव ४० भाषामा अनुवाद भइसकेको छ र तीन करोडभन्दा बढी प्रति बिव्रmीको रेकर्ड बनाएको छ । मार्केजले स्पेनी भाषाको आख्यान भूमिमा रोपेको मायावी यथार्थावादको शैली राबासाले अनुवाद गरेर अङ्ग्रेजी भाषाको जग्गामा सारे । यस भाषाको खुला भूमिमा यो शैली सहजै हुर्कियो । आज अङ्ग्रेजीबाट लेखनको यस शैलीका ससाना बिरुवाहरू विश्वका अनेकौँ भाषाहरूमा सारिँदै छन् । नेपाली साहित्यमा पनि अनुवादविद् गोविन्दराज भट्टराईले यसको सैद्धान्तिक बहस चलाएको एक दशक भैसकेको छ । मार्केजले स्पेनी भाषाबाट आरम्भ गरेको आख्यान लेखनको नवीन यात्रा अङ्ग्रेजी अनुवाद हुँदै नोबेल पुरस्कारसम्म पुग्यो र अङ्ग्रेजीबाट अनुवाद हुदै विश्वका अनेकौँ भाषाहरूमा प्रवेश गर्दैछ । अतः अनुवादले लेखकलाई नोबेल पुरस्कार जस्ता साहित्यका उर्जा केन्द्रहरूमा पु¥याउने र त्यहाँ पुगेपछि थप उर्जा प्राप्त गरेका लेखकलाई विश्वभरि फैलाउने दोहोरो कार्य गर्दै आएको छ ।
ठाकुर, नेरुदा र मार्केज त केही सीमित दृष्टान्त मात्र हुन् । नोबेल पुरस्कार विजेता सबै साहित्यकारहरू अनुवादको भिसा लिएर विश्वका विभिन्न भाषिक प्रदेशहरूमा विचरण गर्दैछन् । उनीहरू भिन्नभाषी लेखक–पाठकसँग संवाद गर्दैछन् । वास्तवमा, यी लेखकहरू बहुभाषाको यात्रामा छन् । यसबाट के बुझिन्छ भने जब कुनै एकलभाषी लेखक अनुवाद हुन जान्छ, ऊ बहुभाषी लेखकका रूपमा फैलिँदै जान्छ । यस्ता लेखकका पाठक मूल भाषामा भन्दा अनुवादमा कैयौं गुणाले बढी हुन्छन् ।
नेपाली ससाहित्यबाट नोबेल पुरस्कारतिर हेर्दा
सन् १९०१ म फ्रान्सेली साहित्यले प्रथम नोबेल पुरस्कार प्राप्त गर्दै गर्दा यता नेपाली साहित्य माध्यमिक कालीन चरणको बीचतिर थियो । त्यसको तीन दशकपछि नेपाली लेखन आधुनिक चरणमा प्रवेश ग¥यो । विव्रmम संवत १९९० को दशकलाई नेपाली साहित्यको आधुनिक कालको आरम्भ विन्दु मान्दा यस आठ दशकको छोटो अवधिमा नेपाली साहित्यले विभिन्न चरणहरू पार गरिसकेको छ । यस बीचमा नेपाली साहित्यलाई विश्व साहित्यसँग जोड्ने कामको आरम्भ भयो । यसका लागि अनुवादको दोहोरो मार्गको अबलम्वन गरियो । अनुवाद मार्ग समाएर विश्व साहित्यका कृतिहरू नेपालीमा भित्रिए भने नेपाली कृतिहरू पनि अङ्ग्रेजी जस्तो विश्व साहित्यको प्रमुख भाषामा प्रवेश गर्न थाल्यो ।
नेपाली साहित्यकोे अङ्ग्रेजीमा अनुवाद हुन थालेको करिव ६ दशक भयो । यस अवधिमा काव्य, गद्य र आख्यानका करिव १५० शीर्षक अङ्ग्रेजीमा अनुवाद भएको देखिन्छ (हे. अनुवाद सिद्धान्त, २०६९ ) । वितेका केही वर्षयता नेपाली साहित्यको लेखनमा पनि तीव्रता आएको छ । पाठक सङ्ख्यामा वृद्धि भएको छ । लेखन र पठनको विस्तारसँगै लेखनमा व्यवसायिकताको सम्भावना देखिएको छ । विश्व साहित्यसँग परिचित र सचेत लेखकहरूको प्रवेश हुने व्रmम बढ्दो छ । औपचारिक र अनौपचारिक छलफलहरूमा अनुवादले राम्रै चर्चा पाउन थालेको छ । भन्न थालिएको छ— हाम्रो साहित्य अब कमजोर छैन, राम्रो अनुवाद हुने हो भने हाम्रा लेखक पनि नोबेल पुरस्कारसम्म पुग्न सक्छन् । यति परको सपना देख्ने र आफ्नो लेखकीय सपना सार्वजनिक रूपमा बताउने पहिलो स्वप्नद्रष्टा महाकवि देवकोटा नै थिए । देवकोटा र अघिल्लो पुस्ताका केही अग्रज लेखकहरूका सन्दर्भ लिएर नेपाली साहित्य र नोबेल पुरस्कारको सम्बन्ध बीच चर्चा हुने गरेको छ । हामी एउटै निष्कर्षमा पुगेर मौनिन्छौँ— नेपाली साहित्यको पर्याप्त अनुवाद हुन सकेको छैन । जति भएका छन् ती अनुवाद पनि कमजोर छन् । यस्तो अपर्याप्त, शिथिल र शुष्क अनुवादले नेपाली साहित्यको गुरुत्वलाई ठाउँसम्म पु¥याउन सकेनन् । सक्दैनन् पनि । हामीसँग अङ्ग्रेजी अनुवादको अर्को विकल्प छैन । आज हामी अनुवाद गर या आफ्नै भाषिक सीमाभित्र खुम्ची बसको स्थितिमा छौँ । खुम्चिने त कुरै भएन । फैलिन अनुवाद नै चाहियो । तर अनुवाद हुँदैमा नेपाली साहित्य विश्वव्यापी रूपमा फैलिहाल्छ भन्ने पनि होइन । यसका लागि मौलिक लेखनमा पनि फैलिने शक्ति चाहिन्छ । सशक्त लेखन मात्र शसक्त अनुवादका सहाराले विश्व साहित्य बजारमा फैलिन सक्छ । लेखन र अनुवादको गुणात्मक संयोजन हुँदै गएमा मात्र नोबेल पुरस्कार जस्ता अन्तरराष्ट्रिय पुरस्कारका मूल्याङ्कर्ता र निर्णायकहरूको ध्यानाकर्षण हुन सक्छ ।
नेपाली ससाहित्यबाट नोबेल पुरस्कारतिर हेर्दा
अब नेपाली साहित्यको जग्गामा उभिएर नोबेल पुरस्कारतिर फर्किऔँ । नेपाली साहित्य लेखन र विश्व साहित्य अझ विशेष गरी नोबेल पुरस्कारबीच निकै ठूलो दुरी देखिन्छ । यहाँबाट नोबेल पुरस्कारको शिखरसम्म पुग्ने त्यस्तो कुनै स्पष्ट मार्ग त के गोरेटोसम्म पनि देखिँदैन । न त नेपाली साहित्य लेखनको धरातल त्यति माथि नै उठेको छ जहाँबाट त्यो शिखरलाई आमनेसामने देख्न सकियोस् न त हाम्रो नादिरबाट त्यस जेनिथसम्म पुग्ने प्रष्ट भाषिक सेतु नै बनिसकेको छ । अब प्रश्न गर्दा हुन्छ— विश्व साहित्य अनि नोबेल पुरस्कारसँग नेपाली साहित्य जोडिन सक्ला ? यस प्रश्नको सहज जवाफ हुन्छ— सक्छ । कहिलेसम्म ? मितिको निर्धारण हुन नसक्ला । जोडिने सपना त आधा शताब्दी अघि नै महाकविले देखेका हुन् । तर पाँच दशक वितिसक्दा पनि हामी लेखक, अनुवादक त्यतातिरको यात्रामा निस्कन सकेनौँ । यात्राको सम्भावना प्रवल छ तर यसका आफ्नै सर्तहरू छन् । मेरो बुझाइमा हामीले पुरा गर्नुपर्ने केही सर्तहरू यस प्रकार छन् ।
· अन्तरराष्ट्रिय स्तरको लेखन र स्तरीय अनुवाद
· विश्व साहित्यमा प्रवेशका लागि अविच्छिन्न अनुवाद
· लेखन र अनुवादबीचको समकालिनता
· पहुँचमा विस्तार
· राष्ट्रको आवश्यकता र अनुवादकको अपेक्षा
· अन्तरराष्ट्रिय स्तरको लेखन र स्तरीय अनुवाद
स्तरीय साहित्य प्रवर्धनका लागि स्तरीय अनुवाद आजको विश्व साहित्यको आदर्श उक्ति हो । नेपाली साहित्यको स्तरीय अनुवाद भएन त्यसैले हामी विश्व साहित्यमा पुग्न सकेनौँ । नेपाली लेखन वृत्तमा अधिक सुनिने चिन्ता हो यो । तर विषयवस्तु र शैलीका दृष्टिले हामी कुन स्तरको सहित्य लेखिरहेका छौँ, यसप्रति हामी कतिले चिन्तन गरेका छौ ? स्तरीय लेखनका विभिन्न मापदण्ड हुन सक्लान् । सामान्यकृत गर्न कठिन छ किनकि प्रत्येक लेखन आफैँमा विशिष्ट हुन्छ । तथापि, नोबेल पुरस्कार प्राप्त साहित्यकारहरूका लेखनको ऐतिहासिक सर्वेक्षण गर्दा निम्न गुण पहिल्याउन सकिन्छः श्रेष्ठ र स्वस्थ आदर्शवादी लेखन (जस्तै बोर्जेन्स्टोन बिर्जोसेन, रुदयार्ड किपलिङ), उच्च शैली ( जस्तै, टोमस मन), सार्वदेशिक र सार्वलौकिक कल्याण (पर्ल बक), अग्रगामी दृष्टकोण र भाषिक प्रयोगमा नवीन सम्भावनाको खोजी (जस्तै, हर्मन हेस्से, स्यामुअल बेकिट, टि.एस इलियट), राज्यको दमन र मानव अधिकार हनन्प्रतिको सचेतना (जस्तै, मोदिआनो, स्वेत्लाना) आदि । मैले यी विशेषताहरू एस्पमार्क (१९९९) बाट खिचेको हुँ ।
विगत एक दशकलाई हेर्दा अमूर्त र आदर्श लेखनभन्दा पनि मानव अधिकारसँग जोडिएका र राजनीतिक अभिप्रायका लेखनले नोबेल पुरस्कारमा बढी भन्दा स्थान पाउन थालेको छ । प्याट्रिक मोदिआनो र स्वेत्लानाको लेखन पुरस्कृत हुनुले पनि यसको पुष्टि गर्दछ । जापानीभाषी लेखक हारुकी मुराकामी २०१५ को नोबेल पुरस्कारका सम्भवत सबैभन्दा प्रभावशाली प्रत्याशीका रूपमा चर्चामा थिए । तर पुरस्कार भने स्वेत्लानालाई गयो । कारण, मुराकामीको आख्यानमा कुनै राजनैतिक विशेष मुद्दा भन्दा पनि सौन्दर्यात्मक मूल्यको उचाइ देख्न सकिन्छ । उनको लेखन अमूर्त पनि छ । स्वेत्लानामा भने कलाभन्दा राजनीतिक मु्द्दा ज्यादा छ । उनीसँग सत्ताको शक्ति दुरूपयोगका कारण सर्वसाधरणले भोग्नु परेको प्रताणाको मूर्त चित्र छ ।
नेपाली साहित्यलाई विश्व साहित्यबाट पनि हेरौं । विश्व साहित्यमा नेपाली लेखन कहाँ छ भन्ने सम्बन्धमा कुनै आधिकारिक अनुुसन्धान भएझैँ लाग्दैन । अङ्ग्रेजीमा अनूदित नेपाली कृतिहरूको सङ्ख्यालाई मात्र हेर्दा पनि विश्व साहित्यमा नेपाली लेखनको उपस्थिति र प्रभाव नगन्य रहेको निष्कर्ष निकाल्न सकिन्छ । त्यसो हो भने हाम्रो लेखनको त्यतातिरको यात्राको सम्भावना कस्तो छ त ? यस सम्बन्धमा चिनियाँ अनुवादक वाङ निङको बुझाइ सान्दर्भिक हुन्छ— सबै प्रकारका लेखन विश्व साहित्यको फैलँदो सागरमा प्रवेश गर्न सक्दैनन् । कुनै पनि लेखन विश्व साहित्यको अंश बन्न सक्छ या सक्दैन भन्ने निर्धारण त्यसको अनुवादकीय गुणाले गर्दछ । अनुवाद योग्य र अन्तरदेशीय महत्त्वका लेखन मात्र विश्व पाठकसम्म पुग्न सक्छन् (ई. २०१०) । यस्ता लेखनले मात्र नोबेल पुरस्कारको संभावना बोकेका हुन्छन् । यसको अर्थ, लेख्दा नै विश्वपाठकलाई मनमा राख्नु पर्दछ । यहाँ विश्वपाठक भन्नाले देशज र अन्तरदेशीय दुवै प्रकारका पाठक भन्ने बुझ्नु पर्दछ । अबको लेखकले आफ्नो भूगोलमा उभिएर विश्व पाठकतर्फ फर्कनु पर्ने हुन्छ । यसका लागि लेखकमा पनि अनुवादकीय चेतना हुनु अनिवार्य हुन्छ । अन्यथा साहित्य सृजनालाई प्रादेशीय भाषाको सीमा कटाएर अन्य भाषाहरूमा लैजान कठिन हुन्छ । तर हाम्रो लेखन नेपाली भाषाको सानो डबलीमा मात्रै रमाइरहेको छ । प्रादेशीय पाठक र सार्वभौम पाठकलाई मनन गरी लेख्दाको फरक अनुभव हर्मन हेस्से, रविन्द्रनाथ ठाकुर र हारुकी मुराकामीले विभिन्न प्रसङ्गमा व्यक्त गरेका छन् ।
· विश्व साहित्यमा प्रवेशका लागि अविच्छिन्न अनुवाद
नोबेल पुरस्कारमा दर्ता गर्ने हेतुले कुनै लेखकका एकाध कृति अनुवाद गर्नुले त्यति ठूलो अर्थ राख्दैन । वास्तवमा विश्व साहित्यमा प्रवेश गर्ने मूल ध्येय लिई अनुवाद गरिनु पर्दछ । यसका लागि लेखन र अनुवादलाई सँगसँगै बढाउनु पर्दछ । निरन्तर रूपमा अनुवाद हुँदै गएपछि मात्र हाम्रो लेखनले विश्व साहित्य बजारमा आफ्नो स्थान बनाउन सक्छ । अन्तरराष्ट्रिय समीक्षक तथा समालोचकहरूको ध्यान खिच्न सक्छ र कालान्तरमा अन्तरराष्ट्रिय पुरस्कारतर्फको मार्ग तय गर्न सक्छ ।
अर्को महत्त्वपूर्ण कुरा, नोबेल पुरस्कार सामान्यतः कुनै खास कृतिलाई भन्दा पनि लेखकको समग्र साहित्यिक कर्मलाई प्रदान गरिन्छ । यद्यपि पुरस्कारका निम्ति कुनै कृति विशेषले केन्द्रीय भूमिका भने खेलेको हुन्छ । केही लेखकहरू उनीहरूका खास कृतिका कारण पनि पुरस्कृत भएका छन् । तर हालसम्म यस्ता लेखकको सङ्ख्या केबल नौ रहेको छ । नेपालबाट फलानो लेखकको फलानो कृति अनुवाद गरेर पुरस्कार मुल्याङ्कन समितिमा पठाइएको भन्ने कहिलेकाहीँ सुन्नमा आउँछ । कुनै कृतिलाई भन्दा पनि लेखकले विश्व साहित्यमा पु¥याएको योगदानलाई प्रमुख आधार मानिने भएकाले एकाध कृतिको अनुवादले त्यति ठूलो माने राख्दैन र यस्तो छिटपुट अनुवादबाट लेखकको समग्र लेखन कर्मको प्रतिनिधित्व हुन पनि सक्दैन । राष्ट्रिय स्तरमा शसक्त र उर्वर मानिएका लेखकहरूलाई सही ढङ्गले अन्तरराष्ट्रिय समुदायमा चिनाउन उनीहरूका सबैजसो श्रेष्ठ कृतिहरूको अनुवाद गरिनु पर्दछ । यसका लागि लेखन र अनुवाद उही गतिमा चल्नु पर्दछ । तर हामी भने छिटपुटे अनुवादमा नै सीमित छौँ ।
· लेखन र अनुवादबीचको समकालिनता
लेखन र अनुवादबीचको सम्बन्ध समकालिन हुनुपर्दछ । लेखक आफ्नो समयको अनुभूति, अनुभव, विचार र अन्तरदृष्टि लेख्दछ । ऊ आफ्नो समयजनित विषयवस्तुलाई सक्दो नविनतम् शैलीमा प्रस्तुत गर्ने ध्याउन्नमा रहन्छ । उसको लेखनको विषयवस्तु र शैलीलाई तत्कालै अन्य भाषाहरूमा लैजान सकेमा मात्र यसको विश्वव्यापी सान्दर्भिकता रहन्छ । आज नवीन लागेको लेखन भोलि पुरानो लाग्न थाल्छ । पाठक सदा नवीनताको खोजीमा रहन्छ । पुराना विषयवस्तु र शैलीले उनीहरूको ध्यानाकर्षण गर्ने सम्भावना कम रहन्छ । तर यसको अर्थ पुराना श्रेष्ठ कृतिहरू कम पढिन्छन् त्यसैले तिनको अनुवाद गर्नुको औचित्य छैन भन्न खोजेको होइन । दोन कोहितो, ब्रदर करमाजोभ जस्ता विश्व साहित्यका उत्कृष्ट कृतिहरू अङ्ग्रेजीमा आज पनि धमाधम अनुवाद भइरहेका छन् र ती पाठकको रोजाइमा परिरहेका छन् ।
नोबेल पुरस्कार प्राप्त लेखकका अधिकांश कृतिहरू समान्यतः मूल भाषामा प्रकाशन भएको एक दशकभित्रमा अनुवाद भएको देखिन्छ । कतिपय लेखकहरूले त मूल भाषामा लेख्दालेख्दै अनुवादको पनि तयारी गरिसकेका हुन्छन् । विश्व साहित्यका पाठककोमा पुग्ने यो सर्वोत्तम उपाय हो । यहाँ नोबेल पुरस्कारका शसक्त दावेदार मानिएका मुराकामीको उल्लेख गर्नु सान्दर्भिक हुन्छ । तपार्इं आफ्ना पुस्तहरूको अनुवाद कसरी गराउनु हुन्छ ? पेरिस रिभ्यूका अन्तरवार्ताकार जोन वाएको प्रश्नको जवाफमा उनले भनेका छन्— मेरा तीनजना अनुवादक छन्, अल्फ्रेड बर्नबौम, फिलिप गाब्रियल र जे. रुबिन । जो पहिला आउँछ उसले पाउँछ भन्ने मेरो नियम छ । उनीहरू मेरा पुस्तक पढ्छन् र आफूलाई जुन मन पर्छ त्यो अनुवादका लागि लैजान्छन् (मुराकामी, ई. २००४ ) ।
मुराकामीको यस भनाइले आजका विश्व लेखकहरू अनुवादप्रति कति सचेत र तत्पर छन् भन्ने देखाउँछ । उनीहरूले लेखन र अनुवादलाई कसरी सँगसगै लगिरहेछन् र अनुवादले उनीहरूलाई कसरी समकालीन पाठकसँग जोडेका छन् भन्ने कुरा हामीले बुझ्नु पर्दछ ।
· अन्तरराष्ट्रिय पहुँचमा विस्तार
अन्तरराष्ट्रिय पहुँचमा विस्तार नभएसम्म अनुवाद गरेरमात्र पुग्दैन । अङ्ग्रेजीमा अनुवाद हुनु एउटा कुरा हो, अनूदित कृति अन्तरराष्ट्रिय पाठक, समीक्षक, समालोचक, अध्येताकोमा पुग्नु अर्को कुरा हो । अङ्ग्रेजीमा अनुवाद हुने वित्तिकै कतिपय लेखकलाई आफू अन्तरराष्ट्रिय भएको भ्रम हुन्छ । यसका लागि त अनूदित कृतिको विश्वव्यापी वितरण हुनुपर्दछ । तर हाम्रो स्थिति भने फरक छ । अङ्ग्रेजीमा अनूदित अधिकांश कृतिहरूको प्रकाशन नेपाल भित्रबाट हुने गरेको छ । अङ्ग्रेजीमा अनूदित नेपाली साहित्यको पाठक पनि प्रायः हामी आफैँ हुने गरेका छौँ । देशभित्र छापिएका पुस्तकहरूको निर्यात हुन नसक्नुले अङ्ग्रेजीमा अनूदित साहित्य नेपालभित्र सीमित भएको छ । सरकारी नीतिले पुस्तकलाई निर्यात सामग्रीका रूपमा लिएको छैन त्यसैले अन्तर्राष्ट्रिय भाषामा छापिए तापनि यी पुस्तकहरू राष्ट्रिय सीमा नाघेर सहजै बाहिर जान सकिरहेका छैनन् ।
एकातर्फ अति नै कम नेपाली पुस्तकहरू अन्तरराष्ट्रिय प्रकाशनगृहबाट छापिनु र अर्कातर्फ नेपालभित्र छापिएका अनुवाद पनि बाहिर जान नसक्नुले गर्दा अङ्ग्रेजीमा अनूदित नेपाली साहित्यको अन्तरराष्ट्रिय पहुँचमा विस्तार हुन सकिरहेको छैन ।
कुनै पनि लेखक विश्व बजारमा पुग्न ऊ आफैँ मात्र कस्सिएर सम्भव हुँदैन । उसको लेखनसँग अनेक पक्षहरू जोडिएका हुन्छन् । “कृतिको पाण्डुलिपि तयार भएपछि त्यसलाई टाइप गर्ने मात्र कुरो होइन, त्यसका प्रुफ रीडर, अनुवादक, सम्पादक अनि पब्लिशर चाहिए । त्यसपछि उता प्रतीक्षा गरिरहेको वितरक र पाठक चाहिए । पाठक पनि हृदयमा संवेदना भएको व्यक्ति चाहिन्छ । कैले सक्नु यत्रो तारतम्य जोड्न हामीले ?” (भट्टराई, २०७२, पृ. २५ )
· राष्ट्रको आवश्यकता र अनुवादकको अपेक्षा
अन्त्यमा राष्ट्रको आवश्यकता र अनुवादकको अपेक्षाबीचको सम्बन्धलाई पनि हेरौँ । साहित्यको अन्तरराष्ट्रिय विस्तार हुनु भनेको सम्बन्धित राष्ट्रको बहुपक्षीय पहिचानको पनि विस्तार हुनु हो । लेखकको चेतनाले समग्र राष्ट्रकै चेतना बोकेको हुन्छ । माथि नै भनियोे, रविन्द्रनाथ ठाकुरको काव्यिक चेतना अंशतः सम्पूर्ण भारतको सौन्दर्य चेतनाको दूत बन्यो, कावाबाता र ओएको लेखनले जापानी चेतनाको सङ्केत ग¥यो । अतः अनुवादकहरू लेखकका मात्र नभई समग्र राष्ट्रिय लेखन चेतनाका बाहक हुन् । यिनीहरू कुनै लेखक विशेषका मात्र नभई समग्र राष्ट्रकै आवश्यकता हुन् । केही वर्षयता नेपालमा पनि यस प्रकारको आवश्यकताको केही बोध हुन थालेको छ । नेपाल पज्ञा–प्रतिष्ठान अन्तर्गत विश्व साहित्य तथा अनुवाद विभागको गठन र यस विभागले देखाएको सक्रियता यही बोधको एक दृष्टान्त हो ।
यस्ता संस्थाहरूले नेपाली साहित्यलाई विश्व साहित्यमा पु¥याउन, चिनाउन, फैलाउनमा योगदान पु¥याउने अनुवादकका अपेक्षाहरूलाई मनन गर्नुपर्दछ । हुन त अनुवाद पनि लेखन जस्तै वैयक्तिक रोजाइको सृजनात्मक क्षेत्र हो । तथापि, उत्साहवर्दक वातावरण सृजना नभएसम्म न त राम्रो लेखन हुक्छ न त त्यसको राम्रो अनुवाद नै । अनुवाद क्षेत्रको गुणात्मक विकासका लागि अनुवादकहरू आफ्नो श्रमको न्यूनतम पारिश्रम तय होस भन्ने चाहन्छन् । उनीहरू आफूले अनुवाद गरेका कृतिहरूमा नैतिक प्रतिलिपि अधिकारको खोजीमा छन् । आफ्नो अनुसर्जकीय पहिचान खोज्दैछन् । नेपालमा अनेकौँ शीर्षकमा साहित्य पुरस्कार प्रदान गरिन्छ । यस्ता प्रयत्नबाट साहित्यको प्रवर्धनमा सहयोग पुगेको छ । तर साहित्यको विस्तार गर्ने अनुवादको क्षेत्रमा भने कुनै पुरस्कार छैन । हामी एकातिर नेपाली साहित्य उता नोबेल पुरस्कारसम्म पुगोस् भन्ने कामना राख्दछौँ अर्कातर्फ भने त्यहाँसम्म पु¥याउने अनुवादकलाई संस्थागत रूपमा प्रशंसा गर्न सकिरहेका छैनौँ, उनीहरूलाई कदर गर्नेतिर केही सोचेका छैनौँ ।
नेपाली साहित्यको विश्वव्यापीकरणका लागि प्रज्ञा–प्रतिष्ठान जस्ता अभिभावक संस्थाहरूको आगामी पहल त्यतातिरको होस् भन्ने म अनुवादकको कामनासहित यो कार्यपत्र यहीँ टुङ्ग्याउँछु ।
सससन्दर्भ सामग्री
अधिकारी, बलराम (२०६९). अनुवाद सिद्धान्त . (अप्रकाशित अनुसन्धान प्रतिवेदन). कमलादीः नेपाल प्रज्ञा–प्रतिष्ठान ।
भट्टराई, गोविन्दराज (२०७१). प्याट्रिक मोदिआनोः २०१४ का नोबेल (साहित्य) पुरस्कार विजेता लुना. वर्ष ५ अङ्क
३, पूर्णाङ्क १७, २०७१ असोज–कार्तिक
भट्टराई, गोविन्दराज (२०७२).२०१५ को नोबेल पुरस्कार र स्रष्टाको मौनता. मधुपर्क, पुस २०७२
Damrosch, D. (2003). How to read world literature. Oxford: Wiley-Blackwell.
Damrosch, D. (2003). What is world literature. Princeton NJ: Princeton University Press.
Espmark, K. (1999). Nobel's Will and the Literature Prize. https://www.nobelprize.org/nobel_prizes/themes/literature/espmark/index.htm
Grossman, E. (). Why translation matters. India: Orient Blackswan.
Ning, W. (2010). World literature and the dynamic function of translation. Modern Language Quarterly 71: 1
Osho. (2004). Freedom: The courage to be yourself. New York: St. Martin's Griffin.
Wray, J. (2004). The art of fiction: An interview with Haruki Murakami. http://www.theparisreview.org/interviews/2/the-art-of-fiction-no-182-haruki-murakami
[1] a9\bf] ljZj e"dG8nLs/0f;Fu} /fi6«x¿ aLrsf] cGt/ d]l6b} uPsf] o; kl/l:yltdf cGt//fli6«o ;flxTo eGbf klg ljZj ;flxTo eGg' Hofbf ;fGble{s x'G5 . yk hfgsfl/sf nflu x]g'{ 8]la8 8\ofd/f]; M What is Wold Literature (2003).
1. English
|
27
|
14. Bengali
|
1
|
2. French
|
14
|
15. Chinese
|
2
|
3. German
|
13
|
16. Czech
|
1
|
4. Spanish
|
11
|
17. Finnish
|
1
|
5. Swedish
|
7
|
18. Hebrew
|
1
|
6. Italian
|
6
|
19. Hungarian
|
1
|
7. Russian
|
7
|
20. Icelandic
|
1
|
8. Polish
|
4
|
21. Occitan
|
1
|
9. Norwegian
|
3
|
22. Portuguese
|
1
|
10. Danish
|
3
|
23. Serbo-Croatian
|
1
|
11. Greek
|
2
|
24. Turkish
|
1
|
12. Japanese
|
2
|
25. Yiddish
|
1
|
13. Arabic
|
1
|
||
Source: http://www.nobelprize.org/nobel_prizes/facts/literature/index.html
Writers
|
Languages
|
Masterpieces
|
Translators
|
1. Svetlána Alexiévic (2015)
|
Russian
|
Voices from Chernobyl : The Oral History of Nuclear Disaster
|
Keith Gessen
|
2. Patrick Modiano 2014
|
French
|
Search Warrant (Prose Fiction)
|
Joanna Kilmartin
|
3. Alice Munro (2013)
|
English
|
Dear Life (Prose)
|
|
4. Mo Yan (2012)
|
Chinese
|
Red Sorghum Clan (Prose)
|
|
5. Thomas Transtromer (2011)
|
Swedish
|
Baltic (Poetry)
|
Samuel Charters
|
Spanish
|
The Time of The Hero (Prose)
|
Lysander Kemp
|
|
7. Herta Muller 2009
|
German
|
The Passport (Prose)
|
Marin Chalmers
|
8. Jean-Marie Gustave Le Clézio (2008)
|
French
|
The Interrogation (Prose)
|
Daphne Woodward
|
9. Doris Lessing (2007)
|
English
|
The Grass Is Singling (Prose)
|
|
10. Orhan Pamuk (2006)
|
Turkish
|
My Name is Red (Prose)
|
Erdağ M. Göknar.
|
11. Harold Pinter (2005)
|
English
|
The Birthday Party and Other Plays (Drama)
|
|
12. Elfriede Jelinek (2004)
|
German
|
The Piano Teacher (Prose)
|
Joachim Neugroschel
|
13. John M. Coetzee (2003)
|
English
|
Duskland (Prose)
|
|
14. Imre Kertész (2002)
|
Hungarian
|
Fatless (Prose)
|
Christopher C. Wilson and Katharina M. Wilson
|
15. Gao Xingjian (2000)
|
Chinese
|
Wild Man: a Contemporary Chinese Spoken Drama (Prose)
|
Bruno Roubicek
|
16. Gunter Grass (1999)
|
German
|
The Tin Drum (Prose)
|
Ralph Manheim.
|
17. Jose Saramago (1998)
|
Portuguese
|
Baltasar and Blimunda (Prose)
|
Giovanni Pontiero.
|
18. Dario Fo (1997)
|
Italian
|
The Pope and the Witch (Play)
|
Joan Holden.
|
19. Wislawa Szymborska (1996)
|
Polish
|
Sounds, Feelings, Thoughts: Seventy Poems (Poetry)
|
Magnus J. Krynski and Robert A. Maguire
|
20. Seamus Heaney (1995)
|
English
|
Death of a Naturalist (Poetry)
|
Comments
Post a Comment